Home Bibles व्यवस्था 17:1 · नेपाली बाइबल
व्यवस्था 17:1 · नेपाली बाइबल

“कुनै गोरू अथवा भेडामा केही दोष भए परमप्रभु तिमीहरूका परमेश्वरलाई चढाउनु हुँदैन। किन? किनभने परमप्रभु तिमीहरूका परमेश्वरले यस्तो घृणा गर्नुहुन्छ।

Cross references

उत्पत्ति 41:3

त्यसपछि अझ सातवटा गाईहरू नदीबाट निस्के अनि ती स्वस्थ गाईहरूको नजिकमा नदीको किनारमा उभिए। तर गाईहरू दुब्लो र बिमारी जस्ता थिए।

उत्पत्ति 41:19

तब फेरि नदीबाट अरू सातवटा गाईहरू निस्किए तर यी हेर्दा दुर्बल र नराम्रा थिए। सम्पूर्ण मिश्रमा मैले देखेको गाईहरूभन्दा ती गाईहरू नराम्रा थिए।

प्रस्थान 12:5

पाठो एक वर्षको र खोट रहित हुनुपर्छ। पाठो भेडा अथवा बाख्राको जुन भए पनि हुन्छ।

लेवी 22:20

साँढे, बाख्रा अथवा भेडा जुन सुकै उपहार होस् तर त्यो पुरूष अनि निष्खोट हुनुपर्छ।

लेवी 22:23

“कोही समयमा लामो खुट्टा भएको अथवा खुट्टाहरू ठीकसँग नबढेको साँढे अथवा थुमा पनि हुन्छन्, अनि यदि पशुहरूबाट कसैले परमप्रभुलाई विशेष बलि चढाउन चाहे त्यो परमप्रभुले ग्रहण गर्नु हुन्छ। तर यस्तो पशुको बलि कुनै भाकल गरिएको बलि ग्रहण गर्नुहुन्न।

व्यवस्था 15:21

“तर यदि कुनै त्यस्तो पशुमा केही खोट रहे अथवा यदि त्यस्तो पशु लङ्गडा अथवा अंन्धा भए, अथवा कुनै दोष रहे तब तिमीहरूले त्यस पशुलाई परमप्रभु आफ्ना परमेश्वरलाई बलि नदेऊ।

व्यवस्था 23:18

त्यस पुरूष अथवा स्त्रीले कमाएको धन परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति पुर्याउनु हुँदैन, त्यस्तो कार्यबाट कमाएको धन परमप्रभुकोलागि उपयोग गर्नु हुँदैन।

व्यवस्था 24:4

पहिलो लोग्ने जसले त्यस स्त्रीलाई छुट्टानाम पत्र दिई घरबाट निकालेको थियो उसले त्यही स्त्रीसँग पुनः विवाह गर्नु सक्तैन किनभने त्यो स्त्री अशुद्ध भएकी हुन्छे अनि परमप्रभुले पनि यस्तो विवाहलाई घृणा गर्नुहुन्छ। तिमीले परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनु हुँदै गरेको भूमिमा यस्तो पाप हुन दिनु हुँदैन।

व्यवस्था 25:16

परमप्रभु तिमीहरूका परमेश्वरले ती मानिसहरूलाई घृणा गर्नु हुन्छ जसले भूल तथा झूटा ढक-तराजु उपयोग गरेर ठग्छन्। सही अर्थमा, उहाँ सबै मानिसलाई घृणा गर्नु हुन्छ जो गल्ती काम गर्छन्।

हितोपदेश 6:16

परमेश्वरले छ वटा कुराहरूलाई घृणा गर्नुहुन्छ, सात वटा जो घृणित छन्।

हितोपदेश 11:1

केही ठग मानिसहरू त्रुटिपूर्ण तराजुहरू प्रयोग गर्छन्। परमप्रभुले त्यस्तो व्यवहार गर्नेहरूलाई घृणा गर्नु हुन्छ तर सही ओजन गर्नेहरूलाई उहाँले मन पराउनु हुन्छ।

हितोपदेश 15:8

एउटा अन्यायी मानिसले चढाएको बलिदानलाई परमप्रभुले घृणा गर्नु हुन्छ तर ईमान्दारीसित व्यवहार गर्ने मानिसको प्रार्थनासित उहाँ खुशी हुनुहुन्छ।

हितोपदेश 20:10

परमप्रभुले त्यो तौल र नापहरूलाई घृणा गर्नुहुन्छ जुन बेठीक छन्।

मलाकी 1:8

तिमीहरूले बलिको निम्ति अन्धा पशुहरू ल्याउँछौ त्यसो गर्नु गल्ती हो। तिमीहरूले बलिको लागीबीमारी अनि लङ्गडा पशुहरू लिएर आउँदछौ, यो गल्ती हो। तिमीहरूले आफ्ना शासकलाई ती रोगी पशुहरू भेटी चढाउँने चेष्टा गर्छौ! के तिनीहरू तिमीहरूसित खुशीहुन्छन्? के तिनीहरूले तिमीहरूलाई दया देखाउँछन्?” सर्वशक्तिमान परमप्रभुले यी सबै भन्नुभयो।

मलाकी 1:13

अनि तिमीहरू त्यो टेवलबाट भोजनलिन मन पराउँदैनौ तिमीहरूले त्यो खाने कुरा सुँघ्छौ तर खान अस्वीकार गर्छौ। तिमीहरू भन्छौ यो राम्रो होइन। तर यो साँच्चो हैन। तब तिमीहरूले रोगी, खोरण्डाअनि चोट लागेका पशुहरू मेरो निम्ति ल्याउँछौ। तिमीहरूले रोगी पशुहरू मलाई बलिदान दिने चेष्टा गर्छौ। तर म ती रोगी पशुहरू स्वीकार गर्दिनँ।

हिब्रू 9:14

यसकारण ख्रीष्टको रगतले यी कुराहरू भन्दा धेरै कुरा गर्नसक्छ। ख्रीष्टले आफैलाई अनन्त आत्माद्वारा परमेश्वरप्रति पूर्ण बलि चढाउनु भयो। उहाँको रगतले हाम्रो ह्रदयलाई दुष्कर्महरूदेखि शुद्ध बनाउँछ जसमा कि हामीले जीवित परमेश्वरलाई आराधना गर्न सक्नेछौं।

1 पत्रुस 1:19

तर तिमीहरु ख्रीष्टको बहुमूल्य रगतले किनियौ, दोषरहित भेडाको पाठो।

Interlinear

Choose Theme