“तिमीहरू अरू मानिसहरूको भूमि अधिकार गर्न जाँदैछौ परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूको निम्ति ती मानिसहरूलाई ध्वंश पार्नु हुनेछ। तिमीहरूले ती मानिसहरूलाई उच्छेद गर्नेछौं र तिमीहरू त्यहाँ बस्ने छौ।
Cross references
“मेरो स्वर्गदूतले तिमीहरूलाई एमोरीहरू हित्ती, परिज्जी, कनानी, हिब्बी र यबूसीहरूको को विरोद्धमा लिएर जानेछ अनि म तिनीहरूलाई पराजित गर्नेछु।
आज तिमीहरूले त्यो निश्चय गर परमप्रभु तिमीहरूका परमेश्वर जो तिमीहरूको अघि जानु हुनेछ, जो भस्म गर्ने आगो झैं हुनुहुन्छ, ती जातिहरूका मानिसहरूलाई तिमीहरूको अघि लड्ने बनाउनु हुनेछ अनि उहाँले तिनीहरूलाई नष्ट गर्नु हुनेछ अनि तिमीहरूले तिनीहरूलाई चाँडै तिनीहरूको भूमिहरूबाट लखेटेर ध्वंश पार्नेछौ। परमप्रभुले तिमीहरूसित यस्तो हुनेछ भनेर प्रतिज्ञा गर्नु भएको थियो।
“अरू जातिका मानिसहरूको भूमि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनु हुँदैछ। परमप्रभुले ती जातिहरूलाई ध्वंश पार्नु हुनेछ। जहाँ ती मानिसहरू बस्थे त्यही तिमीहरू बस्नेछौ। तिमीहरूले तिनीहरूको शहरहरू र घरहरू लिने छौ। जब यस्तो हुन्छ।
यसरी परमप्रभुले प्रतिज्ञा गर्नु भयो जो उहाँले इस्राएलका मानिसहरूलाई दिनु भन्नुभएको थियो। उहाँले मानिसहरूलाई सबै भूमि दिनुभयो जो उहाँले प्रतिज्ञा गर्नु भएको थियो। मानिसहरूले भूमि लिए अनि त्यहाँ बसे।
मैले तिमीहरूलाई भनेका कुरा सम्झ। तिमीहरूका मानिसहरूले यर्दन नदी अनि पश्चिममा भूमध्य समुद्र माझको भूमि प्राप्त गर्न सक्ने छौ। मैले त्यो भूमि तिमीहरूलाई दिने वचन दिएको थिएँ। तर तिमीहरूले त्यसलाई अझ अधिकारमा लिएका छैनौ।
मनश्शेले ती कामहरू गरे जो परमप्रभुले गल्ती हो भन्नुभयो। तिनले ती राष्ट्रहरूका भयानक अनि पाप पूर्ण तरिका अनुसरण गरे जसलाई परमप्रभुले इस्राएलका मानिसहरूको सामुन्ने देशबाट निक्लन वाध्य तुल्याउनु भएको थियो।
परमेश्वरले अन्य जातिहरूलाई त्यो ठाउँ छोडन वाध्य गराउनु भयो। परमेश्वरले प्रत्येक इस्राएली परिवारलाई तिनीहरूकै भूमि अंश दिनुभयो। उहाँले तिनीहरूको परिवार समूहलाई आफ्नो आफ्नै घरमा पुनर्वास गराउनु भयो।