मिश्र देशका सैन्य तथा तिनीहरूका घोडाहरू अनि रथहरूलाई के गर्नु भयो तिमीहरूका बाल-बच्चाहरूले होइन तिमीहरूले देख्यौ। तिनीहरूले तिमीहरूलाई खेद्दै थिए तर परमप्रभुले तिनीहरूलाई लाल समुद्रको पानीमा डुबाइ दिनुभयो र सम्पूर्ण ध्वंश पार्नु भयो।
Cross references
फिरऊनका घोडसैनिक अनि रथहरूले इस्राएलीहरूलाई समुद्र बीचमा खेदे।
त्यसको पानी पहिलाको स्थानमा फर्कियो अनि रथ र घोडाहरू सबैलाई डुबायो। फिरऊनका सम्पूर्ण सेनाहरू जो इस्राएलीहरूलाई खेद्दै आएका थिए डुबेर नष्ट भए। तिनीहरू कोही पनि बाँचेनन्।
उहाँले फिरऊनका रथहरू र सेनालाई समुद्रमा मिल्काई दिनु भयो। फिरऊनका अत्यन्तै असल सैनिकहरू लाल समुद्रमा डुबे।
“शत्रुले भन्यो, ‘म तिनीहरूलाई खेद्नेछु र समात्नेछु, म तिनीहरूको सम्पूर्ण सम्पति लुट्नेछु। म मेरो तरवार निकाल्नेछु र तिनीहरूलाई पराजित गर्नेछु।’
हो, साँच्चै नै यस्तै भयो। फिरऊनका घोडाहरू, घोडसवार र रथहरू सबै समुद्रमा डुबे। अनि परमेश्वरले तिनीहरूमाथि समुद्रको सबै पानी ल्याउनुभयो। इस्राएलीहरू समुद्रको माझबाट सूखा भूमिमा हिंडे।
परमेश्वरले तिनीहरूका शत्रुहरूलाई समुद्रले ढाकिदिनु भयो। तिनीहरूका एउटै शत्रुहरूले पनि बाँच्न पाएनन्।
अनि मोशाले डोर्याएका सबै मानिसहरूले सूखा जमीनमाथि जस्तो लाल समुद्र हिडेर तरे। तिनीहरूले यो विश्वासले गरे। तर मिश्रदेशवासीहरू त्यसरी नै तर्न खोज्दा डुबे।