Home Bibles व्यवस्था 11:15 · नेपाली बाइबल
व्यवस्था 11:15 · नेपाली बाइबल

अनि तिमीहरूको गाईबस्तुहरूको निम्ति खेतमा प्रशस्त घाँस उमारी दिनेछु। तिमीहरूको निम्ति प्रशस्त खाने-कुराहरू हुनेछन्।’

Cross references

लेवी 26:5

तिमीहरूको दाई अंङ्गूर टिप्ने समयसम्म रहनेछ अनि अंङ्गूर टिपाई फसल रोप्ने समयसम्म रहनेछ। तिमीहरू जति चाहन्छौ त्यति खानेछौ अनि आफ्नो भूमिमा सुरक्षित बस्नेछौ।

व्यवस्था 6:11

परमप्रभुले राम्रा वस्तुहरूले भरिएका घरहरू तिमीहरूलाई दिनु हुनेछ जो तिमीहरूले त्यहाँ राखेका होइनौ। परमप्रभुले इनारहरू दिनुहुनेछ जो तिमीहरूले खनेको होइनौ। परमप्रभुले दाख र भद्राक्षको खेतबारी दिनु हुनेछ जो तिमीहरूले रोपेका थिएनौ।

व्यवस्था 8:10

तिमीहरूले खान खोजेको सबै चीजहरू त्यहाँ पाउनेछौ र त्यस्तो सब चीजले भरिभराऊ भूमि तिमीहरूलाई दिइएकोमा परमप्रभु तिमीहरूका परमेश्वरको प्रशंसा तिमीहरूले गर्नेछौ।

1 राजा 18:5

राजा आहाबले ओबद्यालाई भने, “म सित आऊ। हामीले प्रत्येक पानीको मुहान र नदीको किनार पाउनेछौ। हुनु सक्छ हाम्रा घोडाहरू र गधाहरू जीवित राख्नुलाई प्रशस्त मात्रमा घाँस पाउनु सक्छौ। होइन भने, हामी तिनीहरूलाई गुमाउने छौ।”

भजनसंग्रह 104:14

परमेश्वरले पशुहरूको आहारको निम्ति घाँस उमार्नु भयो। उहाँले हामीलाई सागपातहरू रोप्नलाई दिनुभयो। जसलाई हामी हुर्काउने काम गछौं। ती सागपातहरूले पृथ्वीदेखि हामीलाई भोजन दिन्छन्।

यर्मिया 14:5

माऊ मृगले सम्म आफूले भखर जन्माएको पाठा-पाठीहरू छोडछे। त्यहाँ घाँस नभएकोले त्यसले त्यसो गरकी हो।

योएल 1:18

हाम्रा पशुहरु भोकले कराइरहेकाछन्। हाम्रा गाई गोरूका बथान यता-उता छरपष्ट भए। तिनीहरुले घाँस खान पाउँदैनन्। भेडाहरु पनि मरिरहेका छन्।

योएल 2:19

परमप्रभुले आफ्ना मानिसहरुलाई उत्तर दिनु भयो। उहाँले भन्नुभयो, “म तिनीहरुका निम्ति अन्नहरु, नयाँ दाखरस र तेल पठाउनेछु। तिमिहरुका निन्ति प्रशस्त हुनेछ। म तिमीहरुलाई अन्य जातिहरुको बिचमा हाँसोको पात्र बनिन दिने छैन।

योएल 2:22

हे जङ्गलका पशुहरु! नडराऊ, बनको उजाड खर्कमा हरियाली आउँनेछ। रूखहरुले फलदिन थाल्नेछन्। नेभाराको बोटहरु र दाखको बोटहरुले प्रशस्त फल दिनेछ।

हाग्गै 1:6

तिमीहरूले रोप्न त धेरै रोप्छौ, तर कट्नी चाँहि कम्ती गर्दछौ। तिमीहरूले खाना त खान्छौ तर भोकै हुन्छौ। तिमीहरूले मद्यपान पनि गर्छौ तर नशा लाग्दैन्, तिमीहरू लुगा पनि लगाउँछौ तर सम्पूर्ण रूपमा तिमीहरूलाई तातो हुँदैन, तिमीहरू काम गरेर ज्याला कमाउँछौ, तिमीहरूलाई थाहा हुँदैन त्यो कहाँ खर्च हुन्छ, तिमीलाई लाग्छ कि गोजीमा छेंड परेकोछ।’”

मलाकी 3:10

सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “यो परीक्षाको जाँच गर। आफ्नो चीजको दशांश भाग मलाई देऊ। ती चीजहरू ढुकुटीमा राख। मेरो घरमा खाने कुराहरू लिएरआऊ। यसरी मलाई जाँचेर हेर! यदि तिमीले यो सबै कामहरू गर्यौ भने म तिमीहरूलाई आशीर्बाद दिनेछु। तिमीहरूसंग राम्रो चीजहरू जस्ताको त्यस्तै हुनेछन्जस्तो आकाशबाट पानी पर्छ। तिमीहरूले हरेक चीजहरू आवश्यक्ता भन्दा ज्यादा पाउँनेछौ।

Interlinear

Choose Theme