पहिलेको शिला-पाटीहरू जुन तिमीले फुटायौ, त्यसमा जे लेखिएको थियो म यी शिला-पाटीहरूमा पनि त्यही शब्दहरू लेख्नेछु। त्यसपछि ती पाटीहरू तिमीले सन्दूकमा राख।’
Cross references
“मैले दिंदै गरेको करार त्यस सन्दूकभित्र राख।
मोशा छाउनी नजिक आइपुगे अनि त्यहाँ एउटा बाछो र मानिसहरू नाच्दै गरेको देखे। मोशा एकदमै क्रोधित भए अनि तिनीसित भएको च्याप्टो ढुङ्गाहरू भूँईमा फ्याँके। पर्वतको बेंसीमा ती ढुङ्गाहरू फुटेर टुक्रा-टुक्रा भए।
मोशाले करार पत्र पवित्र सन्दूकभित्र राखे। मोशाले सन्दूकमाथि डण्डाहरू राखे अनि ढकनीले ढाके।
परमप्रभुले तिमीहरूलाई दश आज्ञा, आफ्नो करार र ती पालन गर्नु भनी आज्ञा दिनु भयो, अनि परमप्रभुले करारका विधि-विधानहरू दुइवटा शिलापाटीमा लेखिदिनु भयो।
म पर्वतबाट तल आएँ, मैले पछि ती शिला-पाटीहरू बनाएको काठको सन्दूकभित्र राखें परमप्रभुले मलाई त्यहाँ राख्ने आज्ञा दिनु भयो। अझसम्म ती पाटीहरू त्यो सन्दूकमा छँदैछन्।”
पवित्र सन्दूक भित्र मात्र दुइवटा ढुङ्गाका पाटीहरू थिए। यी पाटीहरू तिनै थिए जसलाई मोशाले होरेब नाउँ भएको ठाउँमा पवित्र सन्दूकभित्र राखेका थिए। होरेब त्यो ठाउँ थियो जहाँ परमप्रभुले इस्राएलका मानिसहरूसँग तिनीहरू मिश्रबाट बाहिर निस्केपछि करार बाँध्नुभएको थियो
त्यस ठाउँमा सुनको सामदान र सुनको मोहोरिएको करारको सन्दूक थियो। सन्दूकभित्र मन्न राखेको सुनको भाँडो, कोपिला लागेको हारूनको लौरो र करारका शिला-पाटीहरू थिए। जसमा पुरानो करारको दश आज्ञा कुँदिएका थिए।