Home Bibles दानियल 9:10 · नेपाली बाइबल
दानियल 9:10 · नेपाली बाइबल

हामीले परमप्रभु हाम्रा परमेश्वरको आज्ञा पालन गरेका छैनौं।परमप्रभुले उहाँका दासहरू, अगमवक्ताहरू प्रयोग गरेर हामीहरूलाई नियमहरू दिनुभयो तर हामीले उहाँको नियमहरू पालन गरेनौ।

Cross references

2 राजा 17:13

परमप्रभुले प्रत्येक अगमवक्ता र दर्शीलाई प्रयोग गरेर इस्राएल र यहूदालाई चेताउनी दिनुभएको थियो। परमप्रभुले भन्नुभयो, “तिमीले गरेको नीच कामबाट टाढा बस। मेरा आदेश र विधिहरू पालन गर। सबै नियमहरू पालन गर जो मैले तिम्रा पुर्खाहरूलाई दिएको थिएँ। मैले यो नियम तिमीलाई दिनका लागि मेरा सेवक अगमवक्ताहरूलाई काममा लगाएँ।”

2 राजा 18:12

यस्तो घटना भयो किनभने इस्राएलीहरूले परमप्रभु आफ्नो परमेश्वरको अनुसरण गरेनन्। तिनीहरूले परमप्रभुको करारलाई मानेनन्। तिनीहरूले ती सबै कुराहरू माननेन् जो परमप्रभुका सेवक मोशाले आदेश दिएका थिए। इस्राएलका मानिसहरूले परमप्रभुको करार नसुने जस्तो गरे न त ती कामहरू गरे करारमा उनीहरूलाई गर्न भनिएको थियो।

एज्रा 9:10

तर अब हाम्रा परमेश्वर, यसपछि हामी के भन्नसक्छौं? किनभने हामीले तपाईंका आदेशहरू ल्याएका छौ।

नहेम्याह 9:13

तपाईं सीनै पर्वतमाथि झर्नु भयो अनि तिनीहरूलाई उचित न्याय र साँचो शिक्षा तिनीहरूसित स्वर्गबाट बोल्नुभयो अनि तपाईंले तिनीहरूलाई असल आदेश र आज्ञाहरू दिनुभयो।

यर्मिया 16:11

तब तिमीले ती मानिसहरूलाई यी कुराहरू भन्नै पर्छ ‘कारण तिम्रा पिता-पुर्खाहरूले मलाई त्यागेकाछन्।’ परमप्रभुले घोषणा गर्नु हुन्छ, ‘अनि अन्य देवताहरूको अनुसरण गरी तिनीहरूको सेवा गरे अनि अर्चना गरे। तिनीहरूले मलाई त्यागिदिए अनि मेरा व्यवस्थाहरू मान्न अस्वीकार गरे।

यर्मिया 32:23

इस्राएलका मानिसहरू यस देशमा आए अनि त्यसलाई बनाए। तर तिनीहरूले तपाईंको आज्ञा पालन गरेनन अथवा तिनीहरूले तपाईंको शिक्षा अनुसरण गरेनन् अथवा तपाईंको आज्ञा पालन तिनीहरूले गरेनन्। यसकारण तपाईंले इस्राएलका मानिसहरूमाथि यी सारा संकटहरू ल्याउनु भयो।

दानियल 9:6

तपाईंका दास अगमवक्ताहरू, हाम्रा राजाहरू, शासकहरू, पिता पुर्खाहरू अनि देशका सबै मानिसहरूसँग तपाईंको नाउँमा बोलेका थिए! तर हामीले तिनीहरूको कुरा सुनेनौं।

हिब्रू 1:1

अघि-अघि परमेश्वर हाम्रा पिता-पुर्खाहरूसित अगमवक्ताहरूद्वारा बोल्नुहुन्थ्यो। परमेश्वर धेरै पटक विभिन्न प्रकारले बोल्नुभयो।

Interlinear

Choose Theme