Home Bibles दानियल 8:10 · नेपाली बाइबल
दानियल 8:10 · नेपाली बाइबल

त्यो सानो सीङ बढेर आकाश छुन पुग्यो। त्यसले धेरै तारा र ग्रहहरूलाई पनि पृथ्वीमा झारी दियो।

Cross references

यशैया 14:13

तिमीले सधैं आफैले आफूलाई भन्ने गर्दथ्यौ, “म सर्वोच्च परमेश्वर जस्तो उच्च हुनेछु। म आकाशमाथि जानेछु। म मेरो सिंहासन परमेश्वरको ताराहरूमाथि राख्नेछु। म पवित्र पर्वत जफोनको टापुमा बस्नेछु। म धेरै देवताहरूलाई त्यस पर्वतमाथि भेट्नेछु।

दानियल 7:7

“यसपछि मैले चौथो पशु मेरो दर्शनमा पाएँ। त्यो एउटा साह्रै डरलाग्दो हिंस्रक पशु थियो। यो फलामको लामो दाँत भएको साह्रै बलियो थियो। यसले आफ्नो शिकार टुक्रा-टुक्रा पार्दै खाँदै थियो। खाइसके पछि यसले आफ्नो बाँचेको शिकार कुल्चियो। त्यो पशु मैले सपनामा देखेको अरू पशुहरू भन्दा एकदमै बेग्लै थियो। त्यसका सिङ्गहरू दशवटा थिए।

दानियल 8:7

मैले बोकालाई भेडातिर कुद्‌दै गरेको देखें। अनि बोकाले भेडोलाई हान्यो भेडोका दुइवटा सीङ भाँचिदियो। बोकोसित भेडोको सामना गर्ने शक्ति थिएन। बोकोले भेडोलाई भूइँमा लडायो अनि त्यसलाई कुल्चियो। भेडालाई बचाउने त्यहाँ कोही थिएन।

दानियल 8:24

त्यसको शक्ति महान हुनेछ, त्यसले अवर्णनीय विध्वंश ल्याउने छ। आफूले गरेको जुनसुकै काममा त्यो सफल हुनेछ। त्यसले ठूला-ठूला जाति र पवित्र मानिसहरूमा विध्वंश ल्याउने छ।

दानियल 11:28

“‘ऊ धेरै धन सम्पत्ति लिएर आफ्नो देश फर्कने छ। फेरि त्यो पवित्र वाचा प्रति नराम्रो कर्म गर्ने निर्णय लिनेछ। उसले आफ्नो योजना अनुसार काम गर्नेछ अनि आफ्नो देश फर्कनेछ।

दानियल 11:30

पश्चिमबाट जहाजहरू तिनको विरूद्धमा आउनेछन् अनि ऊ पराजित हुनेछ र फर्किनेछ। पवित्र करारमाथि उसले आफ्नो रीस देखाउनेछ। ऊ फर्किनेछ अनि तिनीहरूलाई सधाउनेछ जसले पवित्र करार अनुसरण गर्न रोके।

दानियल 11:33

“‘ज्ञानी-शिक्षकहरूले साधारण मानिसहरूलाई परिस्थिति बुझ्नु सहायता गर्नेछन्। तर जो विवेक पूर्ण छन् उनीहरूलाई तरवारले काटेर आगोमा हालेर अथवा बन्दी भएर मारिए।

प्रकाश 12:4

त्यो विशाल सर्पको पुच्छरले आकाशको ताराहरुको एक तिहाइ अंश सोहोरेर पृथ्वीमा खसालि दियो। त्यो विशाल सर्प त्यस स्त्रीको सामुन्ने खडा थियो जो स्त्री बालक जन्म दिन तयार थिइन्। त्यो सर्प त्यस स्त्रीको बालक जन्मने बितिकै त्यसलाई खान चाहन्थ्यो।

Interlinear

Choose Theme