Home Bibles दानियल 5:9 · नेपाली बाइबल
दानियल 5:9 · नेपाली बाइबल

यसकारण राजा बेलसजर साहै डराए अनि चिन्तित भए। अनि उनका सबै हाकिमहरू पनि चिन्तित भए।

Cross references

अय्यूब 18:11

आतकंले त्यसलाई चारैतिरबाट पर्खिरहेछ। त्रासले त्यसको बढदो प्रत्येक पाईलालाई पछ्याई रहेछ।

भजनसंग्रह 18:14

परमप्रभुले आफ्नो काँड हिर्काउनु भयो र शत्रुहरूलाई छरपस्ट पारीदिनु भयो। परमप्रभुले धेरै बज्रहरू फ्याँक्नु भयो अनि मानिसहरू अलमल्ल भएर छरिए।

भजनसंग्रह 48:6

डरले ती राजाहरूलाई कस्सेर समात्यो। ती राजाहरू डरले कामे।

यशैया 13:6

परमप्रभुको विशेष दिन नजिक आइरहेको छ। यसैले तिमीहरू आफ्नैलागि रोई कराई गर। समय आइरहेको छ जब शत्रुहरूले तिमीहरूका धन-सम्पत्ति चोर्नेछन्। सर्वशक्तिमान परमेश्वरले त्यस्तो घट्ना घटाउनु हुनेछ।

यशैया 21:2

मैले केही भयानक कुरा देखेकोछु जुन हुने वाला छ। मैले तिम्रो विरूद्धमा उठेका देशद्रोहीहरू देखेकोछु। तिम्रा सम्पत्तिहरू लुट्ने मानिसहरू देख्छु। एलाम, जाऊ अनि तिनीहरूका विरूद्ध युद्ध गर, मादी शहरका वरिपरि तिम्रा सैनिकहरू तैनात गर म त्यस शहरमा नराम्रो कार्यहरू समाप्त गर्न चाहन्छु।

यर्मिया 6:24

हामीले ती सेनाहरूको बारेमा सुनेका छौं। हाम्रा हातहरू भयले दुर्बल भएका छन्। प्रसुती वेदनामा परेकी स्त्रीलाई जस्तै हामीलाई दुख र पीडाले घेरेको छ।

यर्मिया 30:6

यो प्रश्न सोध, र यसलाई हेर के एकजना पुरूषले नानी जन्माउनु सक्छ? निश्चय सक्तैन। तब म किन प्रत्येक म बसिरहेको लोग्ने मानिसलाई भूँडीमाथि हात राखी निहुरिएर प्रसव पीडामा परेकी स्त्रीलाई झैं देख्छु। किन हरेक मानिसको अनुहार पहेलो भएको छ?

दानियल 2:1

आफ्नो शासनकालको दोस्रो वर्षमा नबूकदनेस्सरले एउटा सपना देखे। सपनाले उनलाई भयभीत बनायो अनि उनी सुत्न सकेनन्।

दानियल 5:6

यो देखेर राजा बेलसजर भयभीत भए र तिनको अनुहारको रंग पहेंलो भयो र हात खुट्टा गलेर थरथर काम्न थाले।

दानियल 10:8

अनि म एक्लै छोडिएँ, म एक्लैले त्यो महादर्शन हेरें, तर मसँग केही शक्ति पनि रहेन। म मानिसको पुत्ला जस्तै भएँ। मैले सबै शक्ति पनि हराएँ।

मत्ती 2:3

जब राजा हेरोदले यहुदीहरूका यी नयाँ राजाको बारेमा सुने। हेरोद यस घटनाबाट चिन्तित भए।यसकारण यरूशलेमका सबै बासिन्दाहरूलाई पनि यो समाचारले चिन्तित तुल्यायो।

प्रकाश 6:15

तब समस्त मानिसहरु गुफाहरुमा अनि पर्वतका चट्टानहरुमुनि लुके। त्यहाँ संसारका राजाहरु, शासकहरु, सेनाध्यक्षहरु, अनि शक्ति सम्पन्न मानिसहरु थिए। हरेक मानिस, दास अनि मुक्त सबैले स्वयंलाई लुकाए।

Interlinear

Choose Theme