Home Bibles दानियल 5:27 · नेपाली बाइबल
दानियल 5:27 · नेपाली बाइबल

तकेल-तिमीलाई तराजुमा जोखियो अनि तिमीलाई घट्दै गएको पाइयो।

Cross references

अय्यूब 31:6

न्यायको तराजुमा परमेश्वरले मलाई तौलून् र परमेश्वरले जान्नुहुनेछ कि म निर्दोष छु।

भजनसंग्रह 62:9

मानिसहरूले वास्तवमा सहयोग गर्न सक्तैनन्। तिमीले आफ्नो बचाऊको निम्ति मानिसहरूमाथि भरोसा राख्न सक्तैनौ। परमेश्वरको तुलनामा तिनीहरू केही पनि होइनन् फगत तिनीहरू पानीको वाफ हुन्।

हितोपदेश 21:2

मानिसले आफ्नो नजरमा आफ्नो सम्पूर्ण व्यवहार सही देख्छ। तर परमप्रभुले हृदयमा के छ त्यो जाँच गर्नुहुन्छ।

यर्मिया 6:30

तिनीहरूलाई ‘खोटो चाँदी’ भनिनेछ। तिनीहरूलाई त्यो नाउँ दिइने छ किनभने परमेश्वरले तिनीहरूलाई अस्वीकार गर्नु भयो।”

इजकिएल 22:18

“हे मानिसको छोरो, ताँवा, फलाम, जस्ता, अनि सीसा चाँदीको तुलनामा बेकार छ। कारीगरले चाँदीलाई शुद्ध पार्न आगोमा हाल्छ। चाँदी गल्छ अनि कारीगरले यसलाई मैलाबाट अलग पार्छ। इस्राएल देश बेकारको मैला जस्तो भएको छ।

नहूम 1:14

हे अश्शूरको राजा! तिम्रो सम्बन्धमा परमप्रभुले यो आज्ञा दिनुभएकोछ, तिम्रो नाउँ राख्नलाई तिम्रो कुनै सन्तान रहनेछैन।तिम्रो खोपेको अनि धातुले बनाएको मुर्ति जुन तिम्रो देवताको मन्दिरमा राखिएको छन्, म ती सबै ध्वंश पार्नेछु। म तिम्रा निम्ति चिहान बनाउँदैछु किनकि तिम्रो अन्तिम क्षण आउँदैछ।

मत्ती 22:11

त्यसपछि ती खाँदैगरेका मानिसहरूलाई हेर्न भनी राजा आए। कुनै एकजनालाई विवाहको पोशाकमा नभएको राजाले भेट्टाए।

1 कोरिन्थी 3:13

प्रत्येक व्यक्तिको काम देखिनेछ किनभने त्यस दिनद्वारा नै सफासँग त्यो देखाइनेछ। त्यो दिनआगोसँग आउनेछ अनि प्रत्येकको कामको गुणस्तरको परख आगोले लिनेछ।

Interlinear

Choose Theme