Home Bibles दानियल 5:13 · नेपाली बाइबल
दानियल 5:13 · नेपाली बाइबल

त्यस पछि दानियललाई राजाको अघि पेश गरियो। राजाले दानियललाई भने, “तिमीनै दानियल हौ, निकालाबास भएको एक यहूदी, जसलाई राजा, मेरो पितामहले यहूदाबाट ल्याएका थिए।

Cross references

एज्रा 4:1

जब यहूदा अनि बिन्यामीनका शत्रुहरूले सुने कि कैदीहरूले परमप्रभु, इस्राएलका परमेश्वरको मन्दिर पुनःर्निर्माण गर्दैछन्।

एज्रा 6:16

त्यस पछि इस्राएलका मानिसहरू, अनि लेवीहरू र अन्य फर्किआएका कैदीहरूले परमेश्वरको यो मन्दिरको समर्पणको उत्सव खूबै र्हषसाथ मनाए।

एज्रा 6:19

यहूदीहरू जो कैदबाट फर्केर आएका थिए, तिनीहरूले पहिलो महीनाको चौधौ दिनमा निस्तार चाड मनाए।

एज्रा 10:7

तिनीहरूले कैदीबाट फर्केर आउने सबैलाई यरूशलेममा भेला हुनु भनि यहूदा अनि यरूशलेम भरि घोषणा गरे।

एज्रा 10:16

फर्केका कैदीहरूले यसो गरे। पूजाहारी एज्राले कुलका प्रमुखहरूलाई आफ्ना कुलका विभागको प्रतिनिधित्व गर्नका निम्ति थरि थरिका मानिसहरू चुने अनि ती सबैलाई नाउँद्वारा पदस्थ गरेका थिए। दशौ महिनाको को पहिलो दिन तिनीहरू विषय अध्ययन गर्न बसे।

दानियल 1:6

यहूदाका ती नानीहरूमा दानियल, हनन्याह, मीशाएल अनि अजर्याह सामेल थिए।

दानियल 1:21

दानियलले कोरेसको शासन कालको पहिलो वर्ष सम्म राजाको सेवा गरिबसे।

दानियल 2:25

अर्योकले तुरन्तै दानियललाई राजाकहाँ लिएर गयो अनि राजालाई भन्यो, “यहूदाको बन्दीहरू मध्ये मैले एकजना यस्तो मानिसलाई खोजें जसले राजाको सपनाको अर्थ बताउँन सक्छ।”

दानियल 2:48

यसपछि राजाले दानियललाई सम्मान पूर्वक आफ्नो राज्यको महत्वपूर्ण पदमा नियुक्ती गरे अनि धेरै बहुमूल्य उपहारहरू पनि दानियलाई दिए। दानियललाई सम्पूर्ण बाबेल प्रदेशको शासक नियुक्ती गरे अनि दानियललाई बाबेलको सबै ज्ञानी मानिसहरूको प्रधान बनाइदिए।

दानियल 5:2

दाखरस पिउरहेको बेला बेलसजरले आफ्नो सेवकहरूलाई सुन र चाँदीको प्याला ल्याउन हुकुम गरे जुन प्याला उनका बाजेले यरूशलेमको मन्दिरबाट ल्याएका थिए। नबूकदनेस्सरले चाहन्थे कि शासकहरू, तिनका पत्नीहरू, तथा दासीहरूले यो प्यालामा दाखरस पिउन।

दानियल 5:11

तपाईंको राज्यमा एउटा यस्तो मानिस छ, जसमा पवित्र देवताहरूको आत्मा छ। तपाईंको पितामहको पालामा तिनमा उत्तम समझ र देवताको झैं ज्ञान भएको पाइयो। यसैले तपाईंको पितामह नबूकदनेस्सरले तिनलाई जादूगर, तंत्र-मंत्र जान्ने कल्दी र ज्योतिषीहरूका प्रधान नियुक्त गरिदिए।

दानियल 5:18

सर्वोच्च परमेश्वरले तपाईंको बाजे राजा नबूकदनेस्सरलाई एउटा राज्यको महान शक्तिशाली राजा बनाउनु भयो।

दानियल 6:13

यसपछि तिनीहरूले राजालाई भने, “निकालावास भएको यहूदीहरू मध्ये एकजना दानियलले तपाईंले बनाउनु भएको कानूनको वास्ता गरेनन्। तिनले आफ्ना परमेश्वरलाई दिनमा तीन पल्ट बिन्ती प्रार्थना गर्छन्।”

दानियल 8:1

बेलसजर राजाको शासनकालको तेस्रो वर्षमा मैले यो दर्शन देखें। यस दर्शन त्यो दर्शन पछिको दर्शन हो।

दानियल 8:27

त्यसपछि मेरो शक्ति हरायो। केही समय सम्म म बिमारी भइरहें। तब म उठेर फेरि राजाको काममा लागें। तर त्यस दर्शन ले गर्दा म डराई रहें र कसैले मलाई त्यो बुझाउँन सकेन।

यूहन्ना 7:1

यो घटना पछि, येशूले गालील देशको चारैतिर यात्रा गर्नुभयो। येशूले यहूदियामा भ्रमण गर्न चाहनु भएन किनभने यहूदीहरूले उहाँलाई मार्ने मौका खोजी रहेका थिए।

यूहन्ना 7:3

तब येशूका भाइहरूले उहाँलाई भने,“तपाईंले यता छोडेर यहूदाको पर्वमा जानुपर्छ। तब तपाईंका चेलाहरूले त्यहाँ तपाईंले गर्नु भएको महान कार्य देख्न सक्नेछन्।

Interlinear

Choose Theme