Home Bibles दानियल 4:6 · नेपाली बाइबल
दानियल 4:6 · नेपाली बाइबल

यसकारण मैले बाबेलका सबै ज्ञानी पुरूषहरूलाई सपनाको अर्थ खोलि दिनलाई मकहाँ आउन भनी हुकुम गरें।

Cross references

उत्पत्ति 41:7

ती पातला सातवटा अन्नका बालाहरूले ती राम्रा र भरिला अन्नका बालाहरू खाए। त्यसपछि फिरऊन बिउँझीयो अनि सोच्यो त्यो सब एउटै सपना मात्र थियो।

यशैया 8:19

कतिपय मानिसहरू भन्छन्, “भूतप्रेत खेलाउने अनि जादूगरहरूलाई के गर्नु पर्ने?” ती भूतप्रेत खेलाउने र जादूगरहरूले कानेखुसी गरी उनीहरूले मात्र मानिसहरू समक्ष गुप्त कुराहरू जानेको भन्लान्। तर म तिमीलाई भन्छु कि मानिसहरूले परमप्रभुको आज्ञा माग्नु नै पर्छ! ती भूतप्रेत खेलाउने र जादूगरहरूले मुर्दालाई के गर्नु पर्ने भनेर सोध्छ। किन जीवित मानिसहरूले मुर्दाहरूबाट केही माग्नु पर्छ?

यशैया 47:12

तिमीले टुना-मुना र तन्त्र-मन्त्र सिक्नलाई तिम्रो जीवनमा अत्यन्त परिश्रम गर्यौ। यसकारण तिम्रो टुना-मुना र तन्त्र-मन्त्र प्रयोग गर्न शुरू गर्यौ। हुनसक्छ तिम्रो टुना-मुनाले तिमीलाई साथ देला हुनसक्छ। तिमीले कसैलाई भयग्रस्त पार्न सक्छौ।

दानियल 1:17

परमेश्वरले ती चारजनालाई, ज्ञान, बुद्धि प्रदान गर्नुभयो, अनि हेरक प्रकारको लिपि, विज्ञानहरू जान्ने योग्यता दिनुभयो। दानियलले हरेक प्रकारको दिब्य दर्शन अनि सपनाहरू बुझ्न थाले।

दानियल 2:2

राजाले आफ्ना ज्ञानी मानिसहरूलाई बोलाए तिनीहरू जादु-टुना गर्थे। सपनाको अर्थ व्याख्या गर्न ताराहरू हेर्थे। तिनीहरू त्यसो गर्थे किनभने भविष्यमा जे घट्नेवाला छ, त्यो पहिले नै संकेत दिन सक्थे। राजाले तिनीहरूबाट यही चाहन्थे कि उनले देखेको सपनाको अर्थ तिनीहरूले भन्न सकुन्। तिनीहरू आए र राजाको सामु उभिए।

दानियल 2:48

यसपछि राजाले दानियललाई सम्मान पूर्वक आफ्नो राज्यको महत्वपूर्ण पदमा नियुक्ती गरे अनि धेरै बहुमूल्य उपहारहरू पनि दानियलाई दिए। दानियललाई सम्पूर्ण बाबेल प्रदेशको शासक नियुक्ती गरे अनि दानियललाई बाबेलको सबै ज्ञानी मानिसहरूको प्रधान बनाइदिए।

दानियल 4:15

तर त्यसको ठुटो चाँहि जरासितै जमीनमा नै रहोस्। अनि त्यही अवस्थामा फलामको अनि काँसको साङ्गलाले बाँधिएको होस्, अनि जङ्ली घाँसले पेट भरोस् आकाशको शीतले त्यसलाई भिजाओस् र र्खकमा बस्ने पशुहरूसित र रूखका पातसँग खेतमा रहोस्।

दानियल 5:11

तपाईंको राज्यमा एउटा यस्तो मानिस छ, जसमा पवित्र देवताहरूको आत्मा छ। तपाईंको पितामहको पालामा तिनमा उत्तम समझ र देवताको झैं ज्ञान भएको पाइयो। यसैले तपाईंको पितामह नबूकदनेस्सरले तिनलाई जादूगर, तंत्र-मंत्र जान्ने कल्दी र ज्योतिषीहरूका प्रधान नियुक्त गरिदिए।

Interlinear

Choose Theme