Home Bibles ☰ Books दानियल 4:21 · नेपाली बाइबल
दानियल 4:21 · नेपाली बाइबल

त्यसका पातहरू सुन्दर थिए, त्यसमा फल प्रशस्तै थियो, त्यसको हाँगामा फलेको फलले सबैका लागि खान पुग्थ्यो अनि त्यसको छहारी मुनि सबै जङ्गली पशुहरू बस्थे। अनि त्यसको हाँगामा चराले गुँड बनाएको थियो।

Cross references

भजनसंग्रह 104:17

चरा-चुरूङ्गीहरूले त्यसैमा गुँड लगाउँछन् अनि त्यहाँ बस्छन्। सल्लाका रूखहरूमा सारसहरू फिंजिएर बस्दछन्।

इजकिएल 17:23

“म स्वंयले यसलाई इस्राएलको अग्लो पर्वतमा रोप्नेछु। यो हाँगा एउटा सुन्दर देवदारको रूखमा परिणत हुनेछ। यसको हाँगा निक्लन्छ अनि यसले फल दिन्छ अनि यसका हाँगामा सबै प्रकारका चराहरूले गुँड बनाउँनेछन्।

इजकिएल 31:6

रूखको हाँगाहरूमा आकाशका सबै पक्षीहरूले आफ्ना गुँड बनाएका थिए! रूखको हाँगाहरूमुनि भूमिमा सबै जीव जन्तुले बच्चा जन्माउथे। सबै ठूला-ठूला राष्ट्रहरू त्यो रूखको छाहारीमा बस्थे।

दानियल 2:38

तपाईंलाई परमेश्वरले मानिसका सन्तान, जङ्गलका पशुहरू र आकाशका पंक्षीहरू माथि अधिकार गर्न दिनु भएको छ। तपाईं नै त्यो सुनको टाउको हुनुहुन्छ।

दानियल 4:11

यो रूख एकदमै ठूलो अनि शक्तिशाली थियो। यसको अग्लाईले आकाश छुन आँटेको थियो। अनि यो रूख पृथ्वीको कुनै पनि कुनाबाट देखिन्थ्यो।

लूका 13:19

परमेश्वरको राज्य रायोको बीऊ जस्तै छ जो कुनै मानिसले लियो अनि आफ्नो बगैंचामा रोप्यो। त्यो बीऊ उम्रियो अनि बढेर रूख भयो। आकशका चराहरूले त्यसको हाँगाहरूमा गुँड लगाए।”

Interlinear

Choose Theme