म ओछ्यानमा सुतिरहेको थिएँ। त्यति बेला मैले एउटा दिव्य दर्शनमा, अचानक, मेरो छेउमा पृथ्वीको बीचमा एउटा अग्लो रूख देखें, त्यो बृक्ष एकदमै अग्लो देखें।
Cross references
मैले एक बलवान कपटी मान्छे देखें। ऊ एकदमै सप्रेको रूख जस्तै बलियो थियो।
नहेर! हाम्रो मालिक, सेनाहरूका परमप्रभुले ठूलो रूख काटेर अश्शूरलाई ढाल्नु भयो। परमप्रभुले आफ्ना महान शक्तिद्वारा त्यसो गर्नुभयो। महान र मुख्य मानिसहरू काटिदै, ढालिदै गए-तिनीहरू अब मुख्य रहेनन्।
तपाईंले तिनीहरूलाई रोप्नु भयो अनि तिनीहरू शक्तिशाली भए। तिनीहरू बढछन् अनि फल दिन्छन्। तपाईं तिनीहरूका सम्मुख हुनुहुन्छ तर हृदयदेखि भने टाढा।
अश्शूर देशलाई हेर त्यो लबानोनमा एउटा देवदार झौं थियो। यसको सुन्दर-सुन्दर हागाँहरूलाई हेर। जङ्गलमा छायादार अनि एकदमै अग्लो देवदारूको रूख थियो! यसको टुप्पोले बादल छुन्थ्यो।
मैले यस्तो सपना देखें, मलाई भयभीत बनायो। म मेरो ओछ्यानमा ढल्किरहेको थिएँ अनि मैले मेरो मनमा दिव्य दर्शन् देखें, ती कुराहरूले मलाई एकदमै दुःखीत बनायो।
जुन रूख तपाईंले देख्नुभयो त्यो रूख ठूलो अनि शक्तिशाली भयो। रूखको टुप्पो आकाश सम्मै पुग्यो। त्यो रूख पृथ्वीको प्रत्येक कुनाबाट देखिन्थ्यो।
फेरि मैले कुनै पवित्र मानिसहरू मध्ये एकजनाले बोल्दै गरेको सुनें। तब अर्कोले पहिलो पवित्र मानिसलाई उत्तर दिँदै थियो। पहिलो पवित्र मानिसले भन्यो, “कहिल्यै सम्म यी कुराहरू भई रहनेछन? दैनिक बलियो यो दर्शन, विनाशी पाप जसले नष्ट पार्छ पुण्यस्थलको नियन्त्रण अनि जनसमूदायलाई सुम्पिन्छ?”