Home Bibles दानियल 3:3 · नेपाली बाइबल
दानियल 3:3 · नेपाली बाइबल

ती सबै प्रान्तका बडा हाकिम, न्यायधीश, राज्यपाल, सल्लाहकार, खजाञ्ची, पुलिस प्रमुख अनि सबै अरू हाकिम, राजकर्मचारीहरू भेला भए अनि राजा नबूकदनेस्सरले स्थापना गरेको मूर्तिको अघाडी उभिए।

Cross references

भजनसंग्रह 82:1

परमेश्वर अन्य देवताहरूको सभामा उभिनु हुन्छ। उहाँ त्यस सभाको प्रमुख न्यायकर्ता हुनुहुन्छ।

प्रेरित 19:34

तर जब मानिसले चाल पाए कि अलेकज्याण्डर एक यहूदी थिए, तिनीहरु सबैबाट दुई घण्टा सम्म एउटै स्वर आयो, ‘‘एफिससवासीहरुकी आर्तेमिस महान हुन्।’’ यो आवाज दुई घण्टा सम्म चलिरह्यो।

रोमी 1:21

मानिसहरूले परमेश्वरलाई चिने। तर तिनीहरूले उहाँलाई परमेश्वरको रूपमा महिमा गरेनन् र धन्यवाद पनि प्रकट गरेनन्। मानिसहरूका विचारहरू बेकामका भए अनि अन्धकारले तिनीहरूको मुर्ख बुद्धिलाई ढाकी दियो।

रोमी 3:11

त्यहाँ कोही बुझकी मानिस छैनन्। त्यहाँ परमेश्वरको खोजी गर्ने एकैजना पनि छैन।

1 कोरिन्थी 1:24

तर जो परमेश्वरले छानेका यहूदी र गैर-यहूदीहरूका निम्ति ख्रीष्ट उनै परमेश्वरको शक्ति र ज्ञान हुनुहुन्छ।

प्रकाश 13:13

यो दोस्रो पशुले महान् चमत्कारहरु गर्छ। मानिसहरुको आँखा अघि स्वर्गबाट आगो पृथ्वीमा भर्न लगायो।

प्रकाश 17:13

यी सबै दश राजाहरुको एउटै उद्देश्य छ। अनि तिनीहरुले आफ्नो शक्ति अनि अधिकार त्यो पशुलाई दिनेछन्।

प्रकाश 17:17

परमेश्वरले ती दश सिङ्गेलाई आफ्नो उद्देश्य पुरा गर्ने इच्छुक बनाउनु भयो। तिनीहरु शासन गर्न आफ्नो शक्ति त्यो पशुलाई दिनु राजी भए। आफ्नो शक्ति प्रदान गर्न राजी भए। परमेश्वरले भन्नु भएको कुराहरु पूर्ण नहुञ्जेल सम्म तिनीहरुले शासन गर्नेछन्।

Interlinear

Choose Theme