सैनिकहरूले शद्रक, मेशक अनि अबेदनगोलाई बाँधे अनि आगोमा फ्याँकिदिए। तिनीहरूले आफ्नो पोशाकहरू, सुरूवाल, टोपी लगाएका थिए।
Cross references
त्यहाँ एउटा झ्यालखाना थियो अनि त्यसमा राजाका शत्रुहरूलाई राखिन्थ्यो। पोतीफरले यूसुफलाई त्यही झ्यालखानामा राख्यो अनि यूसुफ त्यही बसिरह्यो।
सम्पूर्ण यहूदी कैदीहरूले तिनीहरूलाई श्राप दिनेछन्। ‘परमप्रभुले तिमीहरूलाई सिदकियाह र आहाबलाई जस्तै व्यवहार गरून् जसलाई बाबेलका राजाले आगोमा डढाएको थियो।’
यदि कसैले यो सुनको मूर्तिलाई निहुरेर दण्डवत् गर्दैन अनि पूजा गर्दैन भने त्यस मानिसलाई तुरन्तै दनदन बल्दै गरेको आगोको भट्टीमा फ्याँकिदिइनेछ।”
प्रान्त, प्रान्तका बडा हाकिम, राज्यपाल, सल्लाहकार र भारदारहरू जम्मा भए अनि आगोले यी मानिसहरूको शरीरमा हानी गर्न नसकेको देखे। तिनीहरूको टाउकाको केश पनि खुइलेको थिएन। तिनीहरूको लुगा पनि आगोले डढेन र तिनीहरूमा आगोको रापसम्म पर्न पाएन।
स्वर्गदूतहरूले तिनीहरूलाई ज्वलन्त भट्टीमा फालिदिने छन्। त्यहाँ मानिसहरू रूवाबासी गर्दै दाँतकिट्दै रहनेछन्।