Home Bibles ☰ Books दानियल 2:41 · नेपाली बाइबल
दानियल 2:41 · नेपाली बाइबल

अनि तपाईंले खुट्टा र औंलाको केही भाग फलामको देख्नु भए झै त्यो एउटा विभाजित राज्य हुनेछ। तर पनि दर्शनमा तपाईंले फलाम र गिलो माटो मिसिएको देख्नु भए झैं त्यसमा फलाम बलियो रहने छ।

Cross references

दानियल 2:33

यसको गोडाहरू फलामका थिए। त्यसको खुट्टाका केही भाग फलामको र तल्लो केही भाग माटोका थिए।

दानियल 7:7

“यसपछि मैले चौथो पशु मेरो दर्शनमा पाएँ। त्यो एउटा साह्रै डरलाग्दो हिंस्रक पशु थियो। यो फलामको लामो दाँत भएको साह्रै बलियो थियो। यसले आफ्नो शिकार टुक्रा-टुक्रा पार्दै खाँदै थियो। खाइसके पछि यसले आफ्नो बाँचेको शिकार कुल्चियो। त्यो पशु मैले सपनामा देखेको अरू पशुहरू भन्दा एकदमै बेग्लै थियो। त्यसका सिङ्गहरू दशवटा थिए।

दानियल 7:24

त्यो दशबटा सीङले दशजना राजाहरू यस राज्यबाट खडा गर्नेछ। अनि त्यसपछि अर्को एउटा राजा खडा हुनेछ। त्यो चाहिँ अघिका राजाहरू भन्दा बेग्लै हुनेछ। त्यसले तीन राजाहरूलाई परास्त गर्नेछ।

प्रकाश 12:3

त्यसपछि स्वर्गमा अर्को संकेत देखा पर्यो। त्यहाँ एक विशाल रातो सर्प थियो। त्यो विशाल सर्पको सातवटा शिर र दशवटा सिंग थियो। त्यसको शिरमा सातवटा मुकुटहरु थियो।

प्रकाश 13:1

त्यसपछि मैले समुद्रबाट एक पशु उठिरहेको देखें। त्यसको दशवटा सिङ्ग अनि सातवटा टाउको थिए। त्यसको प्रत्येक सिङ्गमा एउटा मुकुट थियो। त्यसको प्रत्येक टाउकोमा ईश्वर निन्दाको नाउँ लेखिएको थियो।

प्रकाश 17:12

“तिमीले देखेका दशवटा सीङ्गहरु दश राजाहरु हुन्। यी दश राजाहरुले अहिलेसम्म राज्य पाएका छैनन्। तर तिनीहरुले एक घण्टाको निम्ति त्यो पशुसित शासन गर्ने अधिकार प्राप्त गर्नेछन्।

Interlinear

Choose Theme