Home Bibles दानियल 2:32 · नेपाली बाइबल
दानियल 2:32 · नेपाली बाइबल

त्यो मूर्तिको टाउको निक्खुर सुनले बनिएको थियो। त्यसको छाती र हातहरू चाँदीका थिए। त्यसको पेट र फिला काँसाका थिए।

Cross references

यशैया 14:4

त्यस बेला, तिमीहरू बाबेलका राजाको बारेमा यस्तो गीत गाउन थाल्ने छौःराजाको अर्थ नै हामीमाथि राज्य गर्नु थियो। तर अब उसको शासन समाप्त भयो।

यर्मिया 51:7

बाबेल परमेश्वरको हातमा एक सुनको कचौरा थियो। बाबेलले सारा पृथ्वीलाई मतायो। सारा जाति-जातिहरूले बाबेलको मद्धपान गरे। यसकारण तिनीहरू पागल भए।

दानियल 2:37

हे राजा! तपाईं महान राजा, राजाहरूको पनि राजा हुनुहुन्छ, जसलाई स्वर्गका परमेश्वरले राज्य, सामर्थ्य, अधिकार अनि मान दिनु भएको छ।

दानियल 4:22

“हे राजा त्यो रूख तपाईं नै हो। तपाईं बढेर शक्तिशाली हुनु भयो। तपाईंको धन सम्पत्ति बढ्यो। तपाईंको शक्ति बढेर स्वर्ग सम्म पुग्यो। तपाईंको प्रभुत्व बढेर पृथ्वीको पल्लो छेउ सम्म छ।

दानियल 4:30

जब राजाले भने, “बाबेललाई हेर, यो महान शहरको निर्माण मैले आफ्नो शक्तिले गरेको हो। शहरको राजधानी मेरो राज्यले मेरो महोत्तमको गौरव प्रदान गरेकोछ।”

दानियल 5:28

पर्सीन तिम्रो राज्य भाग भाग गरेर मादी र फारसीहरूलाई दिइने छ।”

दानियल 7:4

“तिनीहरूमध्ये पहिलो पशु सिंह जस्तै थियो तर त्यसका पंखेटाहरू चीलका जस्तै थिए। मैले त्यो पशुको पंखेटाहरू उखेलिएको देखें। अनि त्यो जमीनमा मानिस जस्तै दुइ खुट्टामा उभियो अनि त्यसलाई मानिसको मन दिइएको थियो।

दानियल 8:3

मैले माथि आँखा उठाएर हेरें, ऊलै नदीको किनारमा साँढ भेडो उभिरहेको थियो। त्यसका दुइवटा लामो सींङहरू थिए एउटा भन्दा अर्को लामो थियो। लामो सींङ पछि उम्रेको थियो।

दानियल 11:2

“‘अब म तिमीलाई साँचो कुरा बताउँदैछु। तीनजना राजाहरूले फारसमा शासन गर्ने छन्। त्यसपछि चौथो राजा आउनेछन्, तिनी आफूभन्दा अघिका राजाहरू भन्दा धनी हुनेछन्। तिनी यूनान राज्यको विरोधमा प्रत्येकलाई उक्साउनका निम्ति शक्ति प्राप्त गर्नलाई आफ्नो सम्पत्ति उपयोग गर्नेछन्।

प्रकाश 17:4

त्यो स्त्रीले बैजनी अनि रातो रङ्गको बस्त्र पहिरेकी थिई। त्यो उसले लाएका सुन, रत्न अनि मोतीहरुमा चम्किरहेकी थिई। उसको हातमा एक सुनौलो प्याला थियो। त्यो प्याला भयानक वस्तुहरु अनि त्यस स्त्रीको अशुद्ध यौन पापले भरिएको थियो।

Interlinear

Choose Theme