अर्योक बाबेलका बुद्धिमानी मानिसहरूलाई मार्न तयार थिए। तर दानियलले राजाका सेनापति अर्योकसित कुरा-कानी गरे। दानियलले अर्योकसित बुद्धिमानी कुरा गरे।
Cross references
ती मिद्यानी व्यापारीहरूले मिश्र देशमा यूसुफलाई बेचे। फिरऊनका रक्षकहरूका कप्तान पोतीफरलाई तिनीहरूले यूसुफलाई बेचे।
तर त्यस शहरमा एउटी ज्ञानी स्त्री थिई। तिनले याओबलाई शहरभित्रबाट कराइन्। तिनले भनिन्, “मेरो कुरा सुन्नुहोस्, योआबलाई यहाँ आउनु भन। म ऊसित कुरा गर्न चाहान्छु।”
मानिसले जीवनमा विवेकपूर्ण काम गरेको पनि मैले देखेको छु। अनि त्यो मलाई खुबै महत्वपूर्ण लागेको छ।
नबूजरदान बाबेलका राजाको विशेष सैनिकका कप्तान थिए। उनले शहरमा छोडिएका बाँकी मानिसहरूलाई ज-जसले समर्पण गरेका थिए अनि अन्य जो रहेकाहरूलाई कैदी बनाई बाबेलमा ल्याए।
राजा नबूकदनेस्सरको राज्यकालको उन्नाईसौं वर्षको पाँचौ महीनाको दशौं दिनमा बाबेलका राजाका विशेष रक्षकहरूको कप्तान नबूजरदान यरूशलेममा आए।
बाबेलका सम्पूर्ण सेना जो तिनीहरूका कप्तानसित थिए, तिनीहरूले यरूशलेमको वरिपरिको पर्खालहरू तोडिदिए।
त्यसपछि दानियल अर्योककोमा गए। राजाले उसलाई बाबेलका ज्ञानी मानिसहरूलाई मार्नु भनी आज्ञा दिएका थिए। दानियलले अर्योकलाई भने, “बाबेलका ज्ञानी मानिसहरूको हत्या नगर। मलाई राजा भएकोमा लिएर जाऊ, म उहाँलाई उहाँको सपना अनि अर्थको व्याख्या गरिदिन्छु।”