Home Bibles ☰ Books दानियल 11:1 · नेपाली बाइबल
दानियल 11:1 · नेपाली बाइबल

मादिका राजा दाराको शासनकालको पहिलो वर्षमा उसलाई बल अनि सहायता दिन म उभिएँ।

Cross references

भजनसंग्रह 103:20

हे स्वर्गदूतहरू, परमप्रभुको प्रशंसा गर। तिमीहरू शक्तिशाली सिपाहीहरू हौ जसले उहाँको आज्ञा पालन गर्छन्। तिमीहरू ध्यानपूर्वक उहाँका कुराहरू सुन्छौ अनि आज्ञाहरू पालन गर्छौ।

दानियल 5:31

अनि मादिका राजा दाराले त्यो राज्य लिए, उनी त्यति बेला 62 वर्षका थिए।

दानियल 6:1

सम्पूर्ण उसका राज्यहरूमा शासन गर्न दारालाई 120 जना प्रान्तिय बडा हाकिमहरू नियुक्त गर्न असल लाग्यो।

दानियल 9:1

राजा दाराको शासनकालको पहिलो वर्षको समयमा यो घटना घटेको थियो। दारा अहासुरस नाउँ भएका एकजना मानिसको पुत्र थिए। दारा मादीका मानिसहरूसँग सम्बन्धित थिए। उनी बाबेलको राजा भए।

दानियल 10:18

“एकपल्ट फेरि त्यो मानिस जस्तो देखिनेले मलाई छुए, मलाई जब उसले छुयो मैले झन असल अनुभव गरें।

प्रेरित 14:22

ती शहरहरूमा तिनीहरूले चेलाहरूलाई आत्मिकरूपले पराक्रमी तुल्याए। तिनीहरूले उनीहरूलाई विश्वासमा दृढ रहन सहायता गरे। तिनीहरूले भने, “हामी परमेश्वरको राज्यमा अनेक यातनासहेर प्रवेश गर्नु पर्छ।”

Interlinear

Choose Theme