महाशय म तपाईंको दास दानियल, म कसरी तपाईंसँग बात गर्न सक्छु? अहिले सम्म मसँग उभिनलाई बलनै छैन र सास फेर्न पनि सकेको छैन।’
Cross references
तिमीहरूले भन्ने छौ, ‘यो तपाईंलाई उपहार हो, अनि तपाईंको दास याकूब पनि मानिसहरूको पछि-पछि आउँदैछन्।”‘याकूबले सोच्यो, “यदि यी उपहारहरूसंगै मानिसहरूलाई पठाएँ भने हुनसक्छ एसावले मलाई क्षमा गर्ला अनि मलाई स्वीकार गर्नेछ।”
इस्राएलीहरूले इस्राएलका परमेश्वरलाई केही चीजमाथि जो आकाश जस्तो स्वच्छ नीलम देखियो उभिरहनु भएको देखे।
तर तिमीले मेरो अनुहारलाई हेर्न असमर्थ हुनेछौ। कुनै पनि मानिसले मलाई हेर्न सक्दैन अनि जिउँदो रहन सक्दैन।”
तब गिदोनले बुझे कि तिनी परमप्रभुको दूतसित कुरा गरिरहेका थिए। यसर्थ गिदोन चिच्याए, “सर्वशक्तिमान परमप्रभु! मैले परमप्रभुका दूतलाई आमने-सामने देखें!”
मानोहले आखिरमा त्यस व्यक्ति परमप्रभुका स्वर्गदूत थिए भनी बुझे। परमप्रभुका स्वर्गदूत फेरि मानोहसित देखा पर्नु भएन।
राजा उज्जियाहको मृत्यु भएको बेला मैले मेरा मालिकलाई देखें। उहाँ एकदम उच्च अनि आर्श्चयचकित सिंहासनमा विराजमान हुनुहुन्थ्यो। उहाँको लामो वस्त्रले मन्दिर भरिएको थियो।
त्यसपछि येशूले फरिसीहरूलाई भन्नुभयो, “यदि त्यसो भए दाउदले उहाँलाई किन ‘परमप्रभु’ भने? दाऊद पवित्र आत्माको शक्तिद्वारा बोलिरहेका थिए।
पवित्र आत्मामा दाऊद आफैले भन्नुभएको छःपरमप्रभुले मेरो प्रभुलाई (ख्रीष्टलाई) भन्नुभएको छः मेरो छेउमा दाहिनेपट्टि बस, अनि म तिम्रा शत्रुहरूलाई तिम्रा वशमा पार्नेछु।
कसैले पनि कहिल्यै परमेश्वरलाई देखेका छैनन्। तर एकमात्र पुत्र जो परमेश्वर हुनुहुन्छ अनि जो पिताको अति नजिकमा हुनुहुन्छ र उहाँले हामीलाई परमेश्वर चिनाउनु भएकोछ।