Home Bibles ☰ Books कलस्सी 4:18 · नेपाली बाइबल
कलस्सी 4:18 · नेपाली बाइबल

म, पावल आफ्नै हातले तिमीहरूलाई नमस्कार लेख्दैछु। याद राख्नु, म कारागारमा छु। परमेश्वरको अनुग्रह तिमीहरूमा रहोस्। 

Cross references

रोमी 16:20

परमेश्वर जसले शान्ति ल्याउनु हुन्छ उहाँले शैतानलाई चाँडै हराउनु हुनेछ र उहाँले तिमीहरूलाई त्यसमाथि शक्ति प्रदान गर्नु हुनेछ। हाम्रा प्रभु येशूको अनुग्रह तिमीहरूलाई होस्।

रोमी 16:23

गायसले यहाँ मलाई साथै सम्पूर्ण मण्डलीलाई आफ्नो घर चालउनु दिइराखेका छन्।

1 कोरिन्थी 16:21

म पावल हुँ र मेरो शुभेच्छा म आफ्नै हातले लेख्दैछु।

2 कोरिन्थी 13:14

प्रभु येशू ख्रीष्टको अनुग्रह परमेश्वरको प्रेम अनि पवित्र आत्माको सहभागिता तिमीहरूमा सँधैं होस्। �

फिलिप्पी 1:7

तिमीहरू मेरो हृदयमा भएकोले, मलाई लाग्छ तिमीहरूको विषयमा यस्तो सोच्नु म ठिकै छु। तर जब सुसमाचारको सत्यताको प्रमाण दिदैं र रक्षा गर्दै म जेलखानामा छु, तिमीहरू यो काम गर्ने आशीर्वादमा मसँग सहभागी छौ।

कलस्सी 4:3

हाम्रो लागि पनि प्रार्थना गर। परमेश्वरलाई प्रार्थना गर कि उहाँले उहाँको संदेश मानिसहरूलाई भन्ने मौका हामीलाई दिऊन्। प्रार्थना गर कि परमेश्वरले ख्रीष्ट बारेमा खोली दिनु भएको साँचो रहस्य प्रचार गर्न हामी योग्य हुन सकौं। म कैदमा छु किन कि म यो सत्य सिकाँउछु।

2 थिस्सलोनिकी 3:17

म पावल हुँ र यो अभिवादन आफ्नै हातले लेख्दैछु। मैले लेखेको प्रत्येक चिट्ठीमा यो सत्यता चिन्ह हो। यो मेरो लेख्ने तरिका हो।

1 तिमोथी 6:21

कोही भन्छन् कि तिनीहरूसित “ज्ञान” छ। तिनीहरूले सत्य विश्वासलाई त्यागेकाछन्।परमेश्वरको अनुग्रह तिमीहरू सबै प्रति रहोस्। 

2 तिमोथी 1:8

यसकारण हाम्रा प्रभु येशूको बारेमा मानिसहरूलाई भन्न नलजाऊ। अनि म कैदमा छु भनेर पनि लाज नमान। तर सुसमाचारको निम्ति मसित दुःख भोग्ने गर। त्यसो गर्न परमेश्वरले हामीलाई शक्ति दिनु हुन्छ।

2 तिमोथी 4:22

परमेश्वर तिम्रो आत्मा साथ रहुन्। तिम्रो साथमा अनुग्रह रहोस्। 

तीतस 3:15

ती सबै जो मसित छन् तिमीलाई प्रणाम जनाएका छन्। त्यहाँका ती मानिसहरू सबैलाई जो विश्वासमा प्रेम गर्छन्, हाम्रो अभिवादन छ।तिमीहरू सबै प्रति परमेश्वरबाट अनुग्रह रहोस्। 

हिब्रू 13:3

जो कैदमा छन् तिनलाई नभूल। तिनीहरू जस्तै आफु पनि तिनीहरूसितै कैदमा रहेको सम्झ। अनि दुखमा परेका मानिसहरूलाई नभूल, किनभने भविष्यमा तिमीहरू पनि त्यही हालतमा हुन सक्छौ।

हिब्रू 13:25

परमेश्वरको अनुग्रह तिमीहरू सबैमाथि होस्। 

Interlinear

Choose Theme