जब उनका मानिसहरु उसको लास जलाउन लिन आउँछन्, तिनीहरुले उसको हड्डीबाहेक केही पाउँदैनन्। तब उसले ती घरभित्र लुकनेलाई सोध्छ, “तिमीसित अन्य लासहरु छन्?” तनीहरुले जवाफ दिनेछन्, “छैन!” त्यस समय त्यस आफन्तलेभन्नेछन्, “चुप लाग्, यहाँ हामीले परमप्रभुको नाउँ लिनु हुँदैन।”
Cross references
तर इस्राएली मानिसहरूले मोशालाई भने, “हामी जान्दछौ कि हामी मर्नेछौ। हामी नष्ट भइसकेका छौं। हामी ध्वंश भयौं।
यसैले याबेशका सबै सैनिकहरू बेत-शान गए। रातभरी तिनीहरू हिंडे। त्यसपछि तिनीहरूले बेतशानको भित्ताबाट शाऊलको लाश झिके। तिनीहरूले शाऊलका छोराहरूका लाश पनि झिके। त्यसपछि ती लाशहरू याबेश पुर्याए। याबेशका मानिसहरूले शाऊल र तिनका छोराहरूका लाशलाई जलाइ दिए।
जब एलीशा आफ्ना ठुला-बडा सित कुरा गरिरहेका थिए, दूत उनीसमक्ष आयो। यस्तो सन्देश थियोः “यो सङ्कट परमप्रभुबाट आएको हो! म किन परमप्रभुलाई धेरै बेरसम्म पर्खिनु?”
योशियाहले चारैतिर हेरे र उसले पहाडमा चिहानहरू देखे। उनले मानिसहरू पठाए र तिनीहरूले चिहानहरूबाट हाड निकाले। तब उनले वेदीमाथि हाड जलाए। यसरी योशियाहले वेदीलाई अपवित्र तुल्याए। यो घटना परमेश्वरका जनले भनेको जस्तै भयो। परमेश्वरका जनले यो कुराहरू घोषणा गरे जब यारोबाम वेदीको छेउमा उभिएका थिए। त्यसपछि योशियाहले चारैतिर हेरे र उसले परमप्रभुको मानिसको चिहान देखे।
“यहूदाको भूमिमा ठूलो तथा साना सबै मानिसहरू मर्नेछन्। कसैले पनि तिनीहरूलाई दफ्नाउने छैन, न त तिनीहरूका निम्ति रूने नै छन्। कसैले पनि तिनीहरूका निम्ति केश तथा दाह्री खौरने छैनन्।
तर, परमप्रभुको सन्देश सुन, मिश्रमा बसिरहेका यहूदाका मानिसहरू म परमप्रभु भन्छु कि म आफ्नो महान नाउँमा प्रतिज्ञा गर्छु कि आजदेखि उता मिश्रमा बस्ने यहूदाका मानिसहरू कसैले पनि निश्चित रूपमा “परमप्रभु हुनुहुन्छ।” भनी मेरो नाउँ लिने छैन।
हे इस्राएलका परिवार! अब सुन, परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ, “यदि कुनै मानिसले तिमीहरूको अपवित्र मूर्तिहरूको पूजा गर्ने इच्छा गर्यो भने, त्यसलाई जान देऊ अनि पूजा गर्न देऊ। तर पछि त्यसले नसोच्नु कि तिमीले मदेखि कुनै सल्लाह पाउँछु। तिमीले मेरो नाम भविष्यमा अझै ज्यादा अपवित्र पार्न सक्नेछैनौ। त्यस समय होइन, जब तिमी आफ्नो अपवित्र मूर्तिलाई भेटी दिन जारी राख्छौ।”
इस्राएलको घरानालाई भन्नु, परमप्रभु मेरो मालिकले भन्नुभयो, ‘हेर, म मेरो स्थानलाई नष्ट गर्नेछु। तिमीहरूलाई त्यसको घमण्ड छ अनि तिमीहरूले यसको विषयमा प्रशंसाको गीत गाउँछौ। तिमीले त्यो स्थान हेर्न मन पराउँनेछौ। तिमी साँच्चै त्यो ठाँउलाई प्रेम गर्छौ। तर म त्यो ठाँउ नष्ट पार्नेछु अनि तिमीले त्यागेका नानीहरू मारिनेछन्।
त्यस समयमा बुद्धिमानहरु चुप लाग्ने छन्। किन? किनभने यो समय खराब छ।
अन्तिम समयमा परमप्रभुकोभवनमा शोकपूर्ण गीतहरु गाइन्छ, मेरा परमप्रभु मालिक भन्नुहुन्छ, “लाशहरु प्रत्येक ठाउँमा हुनेछन् र नीखतामा लाशहरु लगिनेछन्।”