Home Bibles आमोस 4:3 · नेपाली बाइबल
आमोस 4:3 · नेपाली बाइबल

तिमीहरु सबै देवालका दूलोबाट बाहिर जानेछौ, तिमीहरु सबै हर्मोनको क्षेत्रपट्टि फ्याँकिनेछौ,” परमप्रभु भन्नुहुन्छ।

Cross references

2 राजा 7:7

अरामीहरू त्यस बेलुकी भागे। तिनीहरूले सबै थोक छोडे। तिनीहरूले आफ्ना पाल, घोडा र गधाहरू छोडे अनि तिनीहरू आफ्नो जीवन बचाउन भागे।

2 राजा 7:15

मानिसहरू अरामी सैनिकको पछि यर्दन नदीसम्म गए। बाटो भरि लुगा र हतियारहरू थिए। अरामीहरूले हतारमा भाग्दा ती चीजहरू फ्याँकेका थिए। दूत सामरिया फर्कियो अनि राजालाई बतायो।

2 राजा 25:4

नबूकदनेस्सरका सेनाहरूले अन्तमा शहरको भित्तालाई भत्काए। त्यस रात राजा सिदकियाह र उनका सबै सैनिकहरू भागे। तिनीहरूले गोप्यद्वार प्रयोग गरे जुन दुइ पर्खाल भएर गएको थियो। यो राजाको बगैंचा भएर गएको थियो। शत्रुका सैनिकहरू शहरको वरिपरि थिए तर सिदकियाह र उनका मानिसहरू मरूभूतिको बाटो भएर भागे।

यशैया 2:20

त्यतिबेला मानिसहरूले आफ्ना सुन र चाँदीका मूर्तिहरू फ्याँकि दिनेछन्। ती मूर्तिहरू मानिसहरूले पुज्न सकुन भनेर उनीहरूले नै बनाएका थिए। मानिसहरूले ती मूर्तिहरू पृथ्वीका प्वालहरूमा फ्याँकिदिनेछन् जहाँ चमेराहरू र छुचुन्द्रा बस्छन्।

यशैया 31:7

तब मात्र मानिसहरू ती सुन र चाँदीले बनिएका मूर्तिहरू पूज्न छाडनेछन्। तिमीहरूले ती मूर्तिहरू बनाएर साँच्चि नै पाप कमायौ।

इजकिएल 12:5

मानिसको आँखाको अगाडी पर्खालमा प्वाल बनाऊ अनि त्यो पर्खालको प्वालबाट बाहिर जाऊ।

इजकिएल 12:12

तिमीहरूका अगुवाहरूले आफ्नो सामन उस्कै काँधमा लैजानेछन्। उसले भित्तामा प्वाल बनाई गुप्त रूपमा भागेर जाने छन्। उसले आफ्नो मुख छोप्नेछ ताकि उ कहाँ जादैछ आफ्नो आँखाले देख्दैन।

आमोस 6:7

यसकारण तिनीहरु निस्कासित हुनेछन्। हो, तिनीहरु बन्द बनाई लगिनेहरुमा प्रथम हुनेछन्। तिनीहरु मर्नेमा पहिलो हुनेछन्। तिनीहरुका भोजहरु र मोजमज्जाकोअन्तहुनेछन्।

सपन्याह 1:18

जब परमप्रभुले उहाँको रिस धेरै देखाउनुहुनेछ तिनीहरूको सुन र चाँदीले तिनीहरूलाई सहायता गर्ने योग्य हुने छैनन्। त्यस समय परमप्रभु एकदमै क्रोधित हुनुहुनेछ। परमप्रभुले उहाँको रिसको आगोद्वारा सारा संसारलाई जलाई दिनुहुनेछ। परमप्रभुले पृथ्वीका सम्पूर्ण चीज-बीज नष्ट गरिदिनु हुनेछ।”

मत्ती 16:26

यदि कुनै मानिसले सबै संसार हात पर्छ तर आफ्नै जीवन गुमाउँछ भने उसलाई के लाभ हुन्छ? आफ्नो जीवन प्राप्त गर्नलाई कुनै मानिसले के दिनसक्छ?

Interlinear

Choose Theme