प्रेरित 7:12 · नेपाली बाइबल
तर याकूबले त्यहाँ मिश्रदेशको गोदामहरूमा अन्नको राश छ भनेर थाहा पाए। यसकारण उनले हाम्रा पुर्खाहरूलाई त्यहाँ पठाए। तिनीहरूको त्यो प्रथम मिश्रदेश यात्रा थियो।
Cross references
उत्पत्ति 42:1
कनानमा पनि खराब प्रकारले नै अनिकाल लाग्यो। तर याकूबले मिश्र देशमा अन्न छ भनी थाहा पाए। यसर्थ याकूबले आफ्नो छोराहरूलाई भने, “हामी यहाँ किन केही यसरी बसिरहेका छौं।
उत्पत्ति 43:2
मानिसहरूले मिश्र देशबाट ल्याएको सबै अन्न खाइसके। जब अन्न सकियो, याकूबले आफ्ना छोराहरूलाई भने, “हामीले खानुको निम्ति अझ केही अन्न किन्न मिश्र देश जानु पर्छ।”