सिपाहीहरूले प्रेरितहरूलाई यहूदी सभामा ल्याए अनि यहूदी अगुवाहरू समक्ष उभ्याए। प्रधान पूजाहारीले सोध खोज गरे।
Cross references
तर म तिमीहरूलाई भन्दछु, कोही अन्य मानिससित नरिसाओ। सबैजना तिम्रा भाइ हुन्। यदि तिमी अरू मानिससंग रिसाउँछौ भने, तिमी इन्साफको निम्ति खडा हुनु पर्नेछ। यदि तिमीले अर्को मानिससित नराम्रा कुरा गर्यौ भने तिमी यहूदीहरूको महासभाको समक्ष उभिनु पर्नेछ। यदि अर्को मानिसलाई ‘मुर्ख’ भन्छौ भने तिमी नरकको आगोमा फालिइनु पर्नेछ।
अर्को विहान, मानिसहरूका बूढा प्रधानहरू, मुख्य पूजाहारीहरू अनि व्यवस्थाको शास्त्रीहरू एक साथ आए। तिनीहरूले येशूलाई आफ्नो महासभामा लगे ।
तिनीहरूले पत्रुस र यूहन्नालाई सबैजना समक्ष उभ्याए। यहूदी अगुवाहरूले तिनीहरूलाई धेरै पल्ट सोधे, “यस लङ्गडो मानिसलाई तिमीहरूले कसरी ठीक पार्यो? के शक्तिले तिमीहरूले यो काम गरयौ? कसको अधिकार लिएर तिमीहरूले यसो गर्यौ?”
यसो गरेर तिनीहरूले मानिसहरू, अग्रज यहूदी अगुवाहरू र शास्त्रीहरूलाई उक्साए (चम्काए) तिनीहरू क्रूद्ध भए अनि तिनीहरू आएर स्तिफनसलाई समाते अनि तिनीहरूले उनलाई यहूदी सभाघरमा यहूदीहरूका सभामा उपस्थित गराएर।
सेनापतिले यहूदीहरू किन पावललाई दोष्याइरहेछन् बुझ्न चाहन्थे। यसर्थ अर्को दिन उनले पूजाहारीहरू यहूदीहरू अनि सारा महासभालाई भेला हुने आदेश दिए। सेनापतिले पावललाई बाँधेका साङ्गलाहरू खोलिदिए। त्यसपछि पावललाई ल्याए अनि तिनीहरूको सामुन्ने उभ्याए।