Home Bibles प्रेरित 4:3 · नेपाली बाइबल
प्रेरित 4:3 · नेपाली बाइबल

यहूदी अगुवाहरूले पत्रुस र यूहन्नालाई पक्रे अनि जेलमा थुनामा राखे। रात परिसकेको थियो, यसैले तिनीहरूले पत्रुस र यूहन्नालाई अर्को दिन सम्म जेलमा राखे।

Cross references

मत्ती 10:16

“सुन! म तिमीहरूलाई ब्वाँसोका बीचमा भेडाझै गरी पठाउँछु। यसकारण सर्पझैं चनाखो बन। अनि ढुकुर झैं सोझो बन।

लूका 22:52

येशूलाई पक्रन आउनेहरूमा मुख्य पूजाहारीहरू, यहूदी बूढा प्रधानहरू र मन्दिरको सिपाहीहरू थिए। येशूले तिनहरूलाई भन्नुभयो, “तपाईंहरू किन तरवार र लाठ्ठीहरू लिएर आएको? के मलाई कुनै अपराधी जस्तो लाग्छ?

लूका 22:54

तिनीहरूले येशूलाई पक्रे अनि टाढामा लगे। तिनीहरूले उहाँलाई प्रधान-पूजारीको घरमा पुरयाए। पत्रुस पनि तिनीहरूसंगै गए तर तिनी येशूको नजिक गएनन्।

यूहन्ना 18:12

त्यसपछि सिपाहीहरू र तिनीहरूका सेनापति अनि यहूदीका हाकिमहरूले येशूलाई पक्रे।

प्रेरित 5:18

तिनीहरूले प्रेरितहरूलाई पक्रे अनि जेलमा थुने।

प्रेरित 6:12

यसो गरेर तिनीहरूले मानिसहरू, अग्रज यहूदी अगुवाहरू र शास्त्रीहरूलाई उक्साए (चम्काए) तिनीहरू क्रूद्ध भए अनि तिनीहरू आएर स्तिफनसलाई समाते अनि तिनीहरूले उनलाई यहूदी सभाघरमा यहूदीहरूका सभामा उपस्थित गराएर।

प्रेरित 8:3

उसले पुरूष र स्त्रीहरूलाई समाते, तान्दै बाहिर निकाले अनि जेलमा थुने। सम्पूर्ण विश्वासीहरूले यरूशलेम छोडेर गए। त्यहाँ प्रेरितहरू मात्र बसे। विश्वासीहरू यहूदीया र सामरिया भरि फैलिएका थिए।

प्रेरित 9:2

शावलले प्रधान पूजाहारीलाई दमीशकको शहरमा सभाघरहरूका यहूदीहरूलाई ख्रीष्टका मार्ग पहिल्याउनेहरू खोजी निकाल्ने अधिकार दिँदै चिट्ठीहरू लेखी माँगे। उसले यदि कुनै पुरुष वा स्त्री विश्वासीहरू भेट्टाए तिनीहरूलाई पक्रेर यरूशलेम फर्काई ल्याउनेछ।

प्रेरित 12:1

त्यति नै बेला (त्यही समयमै) राजा हेरोदले मण्डलीका कतिपय मानिसहरूलाई सताउन थाले।

प्रेरित 16:19

यस केटीका मालिकहरूले त्यो देखे अनि तिनीहरूलाई थाहा भयो अनि तिनीहरूले बुझे कि अब त्यस केटीलाई पैसा कमाउन सक्तैनन्। यसैले तिनीहरूले पावल र सिलासलाई पक्रे अनि मुख्य ठाउँमा पुर्याए जहाँ शहर अधिकारीहरू थिए।

Interlinear

Choose Theme