Home Bibles प्रेरित 27:41 · नेपाली बाइबल
प्रेरित 27:41 · नेपाली बाइबल

तर जहाज बालुवाको धापमा पर्यो। जहाजको अधिल्लो भाग त्यहीं अडकियो अनि जहाज चल्न सकेन। तर ठूल्ठूला छालहरूले जोडले हिर्कायो अनि जहाजको पछिल्लो भाग टुक्राटुक्रा पारिदियो।

Cross references

1 राजा 22:48

राजा यहोशापातले केही समुद्री जहाज बनाएका थिए। उनी ती जहाजहरू ओपीर सम्म त्यहाँबाट सुन ल्याउनका लागि चलाउन चाहन्थे। तर कहिल्यै त्यहाँ गएनन् एस्योन गेबेरमा आफ्नै बन्दरगाहमा तिनीहरूलाई नष्ट गरियो।

2 इतिहास 20:37

तब एलाजार यहोशापातको विरूद्ध बोले। एलाजारका पिताको नाउँ दोदाबाहु थियो। एलाजार मरेशा शहरका थिए। तिनले भने, “यहोशापात तपाईं अस्याहसित मिल्नु भयो, त्यसै कारणले परमप्रभुले तपाईंका कार्यहरू नष्ट गरिदिनु हुनेछ।” जहाजहरू भत्किए, यसर्थ यहोशापात अनि अहस्याह तिनीहरूलाई तार्शीश पठाउन समर्थ भएनन्।

इजकिएल 27:26

तिम्रो नाविकहरूले, तिमीलाई विशाल अनि शक्तिशाली समुद्र पारि लिएर गयो, तर शक्तिशाली पूर्वी बतासले तिम्रो जहाजलाई समुद्रमा नष्ट पारिदिन्यो।

इजकिएल 27:34

तर अब तिमी समुद्र र गहिरो पानीबाट विच्छेद भयो। तिमीले बेच्ने सबै चीजहरू अनि तिम्रो सबै मानिसहरू नष्ट भईसके!

प्रेरित 27:17

जीवन रक्षक डुङ्गालाई जाहजमा ल्याए पछि तिनीहरूले जहाजको वरिपरि एक साथ राख्नलाई डोरीले बाँधे। तर जाहज सिरटिसको बलौटे धापमा फस्न सक्छ भनेर मानिसहरू डराए। यसैले तिनीहरूले जहाजलाई बतासले नै उठावोस् भनेर पाल मुनी झारे।

प्रेरित 27:26

तर पनि हामी कुनै एक टापूमा धक्का खानै पर्छ।”

2 कोरिन्थी 11:25

तीन पल्ट लट्ठीले कुटाई खाएको छु। एक पल्ट त म ढुङ्गाले हानेर झण्डै मारिएँ। तिन पल्ट म चडेको जहाज डुब्यो र एक पल्ट त रातभरि र भोलि बल्ट पनि समूद्रमा बिताएँ।

Interlinear

Choose Theme