Home Bibles प्रेरित 20:10 · नेपाली बाइबल
प्रेरित 20:10 · नेपाली बाइबल

पावल युटाइकस कहाँ ओर्लिए। उनले घुँडा टेकेर अगाँलो हाले। पावलले अन्य विश्वासीहरूलाई भने, “सुर्ता नगर, यिनी जिउँदै छन्।”

Cross references

1 राजा 17:21

तब एलिया आफैं बालकमाथि तीन पल्ट पस्रिए। एलियाले प्रार्थना गरे, “हे परमप्रभु मेरो परमेश्वर। यस बालकलाई फेरि जीवन दिनु होस्!”

2 राजा 4:34

एलीशा ओछ्यानमाथि चढेर बालकमाथि निहुरिए। एलीशाले आफ्नो मुख बालकको मुखमाथि जोडे। उनले उसको आँखा बालकको आखाँमाथि राखे उनले आफ्नो हातहरू बालकको हातहरू माथि राखे। एलीशा बालकको शरीर तातो नभए सम्म बालकमाथि पल्टिरहे।

मत्ती 9:23

येशू यहुदी शासकसँग हिंडदै हुनुहुन्थ्यो। उहाँ तिनको घरमा पुग्नुभयो। उहाँले मानिसहरूलाई शोक धुन बजाइरहेको देख्नुभयो। उहाँले धेरै मानिसहरूलाई त्यहाँ रोइरहेको देख्नुभयो किनभने युवती मरेकी थिई।

मर्कूस 5:39

येसू घरभीत्र पस्नुभयो अनि मानिसहरूलाई भन्नुभयो, “तिमीहरू किन यत्रो हल्ला मच्चाई रहेछौ? यो केटी मरेको छैन। उ सुती रहेकी छे।”

लूका 7:13

जब प्रभु येशूले तिनलाई देख्नुभयो उहाँ त्यस विधवाको निम्ति हृदयबाट दुःखी हुनु भयो र तिनलाई भन्नुभयो, “नरोऊ।”

यूहन्ना 11:11

येशूले ती कुराहरू भनिसके पछि, उहाँले भन्नुभयो, “हाम्रा मित्र लाजरस सुतिरहेछन्। तर म त्यहाँ उसलाई उठाँउन जानेछु।”

यूहन्ना 11:40

तब येशूले मार्थालाई भन्नुभयो, “के मैले तिमीलाई भनेको थिइन? कि यदि तिमाले विश्वास गरयौ भने परमेश्वरको महिमा देख्नेछौ?”

Interlinear

Choose Theme