Home Bibles प्रेरित 19:32 · नेपाली बाइबल
प्रेरित 19:32 · नेपाली बाइबल

कतिपय मानिसहरु एउटा कुरामा चिच्याईरहेका थिए कतिपय अर्कै कुरामा चिच्याई रहेका थिए। त्यो सभा अन्योलपूर्ण थियो। धेरै मानिसहरु त्यहाँ आफु किन आएका थिए बुझेकै थिएनन्।

Cross references

मत्ती 11:7

यूहन्नाका चेलाहरू आफ्ना मार्गमा जाँदैथिए, येशूले ती मानिसहरूलाई यूहन्नको बारेमा भन्न लाग्नु भयो। उहाँले भन्नुभयो, “तिमीहरू मरुभुमिमा के हेर्न निस्क्यौ? के बतासले हल्लाइराखेको निगालोलाई?

लूका 7:24

जब यूहन्नाको चेलाहरू गए, येशूले यूहन्नाको विषयमा भन्न लाग्नु भयोः “तीमीहरू उजाड स्थानमा के हेर्न जान्छौ? बतासले हल्लाइरहेको निगालोलाई?

प्रेरित 19:29

शहरका सबै मानिसहरु अस्तब्यस्त भएय। तिनीहरुले गायस र अरिस्तार्ख सलाई समाते। (यी दुईमानिसहरु म्यसोडोनियावासी थिए र पावलसंग यात्रा गरिरहेका थिए।)

प्रेरित 19:40

किनभने आज यहाँ घटेको घटनाको कारणले अब दङ्गाको दोष आउने सम्भावना छ। किनभने आजको यस सभाको जब कुनै ठोस कारणै छैन, यस समस्याको विषयमा वास्तवमा वयान दिन सकिंदैन।”

प्रेरित 21:34

कतिपय मानिसहरूले एक थरीका कुराहरू गरिरहेका थिए अनि अन्य कतिपय मानिसहरूले अर्को थरीका कुराहरू गरिरेहका थिए।। यस्तो अन्योलका कुराहरूले गर्दा सेनापतिले सत्य कुरा पत्ता लगाउन सकेनन। तसर्थ, सेनापतिले सेनाहरूलाई सेना भवनमा पावललाई लैजान भन्ने हुकूम गरे।

Interlinear

Choose Theme