तर पावल चिच्यायो, “आफैलाई घात नगर। हामी सबै जना यहीं छौं।”
Cross references
“तिमीहरूले कसैको हत्या गर्नु हुँदैन।
मानिसहरूले तिमीप्रति गरेका अनिष्ट कामहरू बिर्सिदेऊ। तिम्रा छिमेकीहरूलाई आफूलाई झैं माया गर। म परमप्रभु हुँ।
मैले मेरा साथीहरूका लागि अधर्म काम गरेको छैन्। म बिना कारण मेरा शत्रुहरूमाथि जाइलागेको छैन्।
मैले ती मानिसहरूका लागि उदास पोशाकहरू लगाएँ, ती मानिसहरूलाई साथी-भाइहरू जस्तो व्यवहार गरें। कुनै मानिसकी आफ्नो आमा मर्दा ऊ रोएको जस्तो अवस्था म उदास थिएँ। मैले आफ्नो उदासीनता देखाउनका लागि कालो पोशाक लगाएको थिएँ। म आफ्नो शरीर झुकाएर उदास भई हिंड्दथें।
तर जसले मेरो बिरूद्ध पाप गर्छ, उसले आफैंलाई हानी पुर्याँउछ। जसले मलाई घृणा गर्छ उसले मृत्युलाई प्रेम गर्छ।”
यदि मानिसहरू कसैलाई मार्ने दाऊमा रहेको पाए तिमीले त्यस मानिसलाई बचाउने भरमग्दुर प्रयास गर्नु पर्छ।
अनि साह्रै बुद्धिमानी पनि नबन, साह्रै मूर्ख पनि नबन। समय नपुगी किन मर्छौ?
तर म तिमीहरूलाई भन्दछु, आफ्ना शत्रुहरूलाई प्रेम गर, तिमीहरूलाई खेदो गर्नेहरूको निम्ति प्रार्थना गर।
“म तिमीहरूलाई भन्दछु जसले मलाई सुनिरहेकाछौ, आफ्ना शत्रुहरूलाई प्रेम गर। जसले तिमीहरूलाई घृणा गर्छन तिनीहरूलाई पनि राम्रै गर।
एकजना लेवी पनि त्यही बाटो आयो। उसले त्यस घाइते मानिसलाई देख्यो, तर उ अर्को पट्टि लाग्यो।
येशूले भन्नुभयो, “थाम” तब उहाँले नोकरको कान छुनु भयो अनि त्यसलाई निको पारिदिनु भयो।
येशूले भन्नुभयो, “हे पिता, तिनीहरूलाई माफ दिनुहोस् किनभने तिनीहरू के गरिरेहछन्, जान्दैन्।”सिपाहीहरूले चिट्टा उढाएर उनको लुगाहरू बाँडे।