जेलको अधिकारीले त्यस्तो विशेष आदेश सुनेपछि पावल र सिलासलाई निक्कै भित्र पुग्ने जेलमा थुने। उनले तिनीहरूका खुट्टा ठिङ्गुरामा कसे।
Cross references
तिनीहरूलाई भन मीकायालाई जेलमा थुन्नु। उनलाई रोटी र पानी मात्र खान देऊ। म लडाईंबाट नफर्किञ्जेल सम्म उनलाई त्यहीं राख।”
आसा हनानी सित उनले भनेका कुरामा क्रोधित भए। आसा यति पागल भए कि तिनले हनानीलाई कैदखानामा बन्द गरिदिए। आसा त्यस बेला कोही मानिसहरूसित नीच र कठोरता पूर्वक व्यवहार गर्थे।
तपाईंले मेरो खुट्टामा साङ्गलाहरू बाँधिदिनु भयो, मेरो प्रत्येक पाइला याद गर्नु भयो। तपाईंले मेरो प्रत्येक चाल चलनलाई याद गर्नु भयो।
परमेश्वरले मेरो खुट्टामा साङ्गलीहरू लगाई दिनु भयो, परमेश्वरले मेरो प्रत्येक कार्यमा नियालेर हेर्नुहुन्छ।’
तिनीहरूले यूसुफका खुट्टा वरिपरि डोरीले कसे। तिनीहरूले उनको घाँटी वरिपरि फलामको घेरा हाली दिए।
यसकारण उसले यर्मिया अगमवक्तलाई कुटे अनि ठिँगुरामा हाले। यो बिन्यामीनको ढोकाको माथिल्लो प्रवेशद्वारमा भएको थियो।
शमायाह, तिमीले सपन्याहलाई चिट्ठीमा भनेकाछौ, ‘सपन्याह, परमेश्वरले तिमीलाई यहोयादाको ठाउँमा पूजाहारी बनाएका छौ। तिमीले परमप्रभुको मन्दिरको परिदर्शन गर्नु पर्छ अनि जसले पागल झैं कर्म गर्छ र अगमवाणी दिन्छ त्यसता कुनै पनि मानिसलाई पक्रनु पर्छ। तिमीले त्यसलाई ठिँगुरोमा ठोक्नु पर्छ र उसको घिच्रोमा साङ्गलोले बाँध्नु पर्छ।
ती शाही अधिकारीहरू यर्मियासंग अति क्रोधित थिए। तिनीहरूले यर्मियालाई कुट्ने आदेश दिए। त्यसपछि तिनीहरूले यर्मियालाई जोनाथनको घरमा कैद गरे। जोनाथान एकजना सचिव थिए। जोनाथनको घरलाई तिनीहरूले झ्यालखाना बनाएका थिए।
यदि तिनीहरूले त्यसो भने, तिनीहरूलाई भन् ‘मैले राजालाई नम्र निवेदन गरेको छु कि मलाई जोनाथनको घरमा नफकाइयोस् यदि मलाई त्यहाँ पठाउनु भयो भने, म मर्नेछु।”‘
म जीउँदोलाई तिनीहरूले खाडलमा फ्याँकी दिए। तिनीहरूले ममाथि ढुंङ्गाहरू वर्षाए।