Home Bibles प्रेरित 14:4 · नेपाली बाइबल
प्रेरित 14:4 · नेपाली बाइबल

कतिपय मानिसहरू यहूदीहरूका पक्षमा थिए, जब अन्य मानिसहरू पावल यहूदीहरूका पक्षमा थिए। यसरी त्यो शहरका मानिसहरू दुइ भागमा बाँडिए।

Cross references

मीका 7:6

मानिसको आफ्नै घर भित्र शत्रु हुन्छ। छोराले बाबुको आदर गर्दैनन्। छोरी आफ्नी आमाको बिरुद्धमा जानेछे। बुहारी आफ्नी सासुको बिरुद्धमा जानेछे।

मत्ती 10:34

“म पृथ्वीमा शान्ति ल्याउन आएको भनी नसझ म पृथ्वीमा शान्ति ल्याउनलाई आएको होइन। तर म तरवार चलाउन आएको हुँ।

लूका 2:34

त्यसपछि शिमियोनले तिनीहरूलाई आशीर्वाद दिए अनि मरियम, येशूकी आमालाई भने, “यो बालक इस्राएलमा धेरैजनको उत्थान र पतनको कारण हुनछ। उनी चिन्ह हुनेछन् र जसलाई कतिपयद्वारा अस्वीकार गरिनेछ।

लूका 11:21

“जब कुनै बलवान मानिसले धेरै हात हतियारहरू लिएर आफ्नो घरको रक्षा गर्दछ भने, त्यसको घरमा सबै मालमत्ताहरू सुरक्षित नै रहन्छ।

लूका 12:51

के तिमीहरू सम्झन्छौ कि पृथ्वीलाई शान्ति दिनु नै म आएको हुँ? अहँ! म पृथ्वीलाई भाग गर्न आएको हुँ।

यूहन्ना 7:43

तब येशूको विषय लिएर परस्परमा तिनीहरू सहमती भएनन्।

प्रेरित 13:2

ती मानिसहरू सवैले प्रभुको सेवा गरिरहेका थिए अनि उपवास लिएका थिए। पवित्र आत्माले तिनीहरूलाई भन्नुभयो, “खास कामको लागि मलाई बर्णाबास र शावल देऊ। मैले तिनीहरूलाई त्यो काम गर्नलाई छानेकोछु।”

प्रेरित 14:14

तर जब ती प्रेरितहरू पावल र बर्णाबासले त्यस्तो कुरा थाह पाए, तिनीहरूले आफ्नै लुगाहरू च्याते।मानिसहरू तिर दौडे अनि चिच्याएः

प्रेरित 17:4

तिनीहरू शहरहरू हुँदै यात्रा गरे अनि यरूशलेमका प्रेरितहरू र अग्रजहरूले दिएको निर्णयहरू र नियमहरू विश्वासीहरूलाई बताए अनि तिनीहरूलाई यी नियमहरू पालन गर्न भने।

प्रेरित 19:9

तर कतिपय यहूदीहरू कठोर थिए । तिनीहरूले विश्वास गरेनन्। तिनीहरूले परमेश्वरको बाटोको विषयमा धेरै निन्दनीय कुराहरू मानिसहरू समक्ष गरे। यसर्थ पावलले तिनीहरूलाई छाडे अनि चेलाहरूलाई साथमा लिएर हिंडे अनि हरेक दिन टिरान्नसको पाठशालामा गएर वहस गर्ने गर्थे।

प्रेरित 28:24

कतिपयले उनको कुरामा विश्वास गरे तर कतिपयले गरेनन्।

1 कोरिन्थी 9:5

यात्रा गर्दा पत्नी जो विश्वासी छ साथमा लिएर हिंड्ने हाम्रो अधिकार छ। छैन र? अरू प्रेरित हरू, प्रभुमा भाइहरू र केफास सबैले यसो गर्छन्।

Interlinear

Choose Theme