Home Bibles ☰ Books प्रेरित 1:26 · नेपाली बाइबल
प्रेरित 1:26 · नेपाली बाइबल

प्रेरितहरूले दुई जनाबाट एकजना छान्नलाई चिट्ठा गरे। चिट्ठामा मत्तियासको नाउँ पर्यो। यसैकारणले अन्य एघारजना प्रेरितहरू सहित ऊ पनि एक प्रेरित हुन पुगे।

Cross references

लेवी 16:8

हारूनले ती दुईवटा बोकाहरू माझ चिठ्ठा लगाउँछ, एउटा परमप्रभुको निम्ति हुन्छ र अर्को मानिसहरूको दोष निवारणको निम्ति छाडा छोडनु पर्छ।

यहोशू 18:10

यहोशूले शीलोमा परमप्रभुको समक्ष तिनीहरूको निम्चि चिट्ठा गरे। यस प्रकार यहोशूले भूमि विभाजित गरे अनि प्रत्येक कुल समूहलाई भूमिको अंश दिए।

1 शमूएल 14:41

तब शाऊलले प्रार्थना गर्न लागे, “परमप्रभु, इस्राएलको परमेश्वर, तपाईंले दासलाई आज किन जवाफ दिनुभएन, यदि मैले अथवा मेरो छोरा जोनाथनले कुनै पाप गरेको भए परमप्रभु इस्राएलका परमेश्वर ऊरीम दिनुहोस्। यदि तपाईंका इस्राएली मानिसहरूले पाप गरेका भए तुम्मीम दिनुहोस्।”यस प्रकारले शाऊल र जोनाथन चुनिएका थिए अन्य मानिसहरू चुनिएका थिएनन्।

1 इतिहास 24:5

मानिसहरू हरेक परिवारमा चुनिएका थिए। तिनीलाई चिट्ठाद्वारा चुनिएको थियो। केही मानिसहरूलाई पवित्र स्थानको जिम्मालिनको निम्ति चुनिएको थियो। अनि अन्य मानिसहरूलाई पूजाहारीको रूपमा सेवा गर्नको निम्ति चुनिएको थियो। यी सबै मानिसहरू एलाजार अनि ईतामारका परिवारहरूबाट थिए।

हितोपदेश 16:22

तीब्र-बुद्धि भएको मानिसलाई बुद्धि जीवनको मूल हुन्छ, तर मूर्खहरूलाई तिनीहरूको मूर्खताले नै दण्ड भोगाउँछ।

योना 1:7

अनि तिनीहरु आपस मा भन्नलागे, “कसको कारणले गर्दा यो आपद हामीमाथि आइपर्न लागेको होला त्यो चिठ्ठा हालेर हेरौं।” यसो भनेर तिनीहरुले चिठ्ठाहालेर हेरे, चिठ्ठा योनाको नाउँमा पर्यो।

प्रेरित 2:14

त्यसपछि पत्रुस अन्य एघार जना प्रेरितहरूसित उभिए। सबै जनसमुदायले सुन्ने गरेर उनले जोडसंग कराएर भने। उनले भने, “मेरा यहूदी दाज्यु-भाइहरू र यरूशलेमाका बासिन्दाहरू, मलाई ध्यान दिएर सुन! म तिमीहरूले जान्नु पर्ने आवश्यक कुराहरू भन्न लागेको छु।

प्रेरित 13:19

परमेश्वरले कनान देशमा सातवटा राष्ट्रहरूलाई पूर्ण ध्वंश पार्नु भयो। उहाँले ती जमीनहरू केवल उहाँका मानिसहरूलाई दिनुभयो।

Interlinear

Choose Theme