अहिले लूका मात्र मसित छ। मर्कूसलाई भेट र तिमी आउँदा उसलाई तिमीसित लिएर आऊ। उसले मलाई यहाँ मेरो काममा सघाउन सक्छ।
Cross references
परमप्रभु भन्नुहुन्छ, “उनीहरूले मलाई त्यागे। म उनीहरूलाई यसको निम्ति क्षमा दिन्छु। म उनीहरूलाई मुक्त भावले प्रेम गर्नेछु। म अब उनीहरू प्रति क्रोधित हुनेछैन।
अहीले उच्च ओहोदामा पुगेकाहरू सबैले भविष्यमा होचो स्थान पाउनेछन्। धेरै जसो जो निम्न स्थानमा परेका छन् भविष्यमा उच्च ओहोदामा पुग्नेछन्।
“त्यसरी अहिले पछि हुने भविष्यमा अघि हुनेछ अनि जो अहिले पहिलो स्थानमा छ भविष्यमा अन्तिम स्थानमा हुनेछ।”
अहिले जो तल्लो स्तरमा बसेका छन् परमेश्वरको राज्यमा तिनीहरूले उच्च स्थानमा बस्न पाउनेछन्। अनि जो अहिले उच्च आसनमा बसेकाछन् परमेश्वरको राज्यमा तिनीहरू तल्लो आसनमा बस्नेछन्।”
त्यसको विषयमा जाने पछि पत्रुस मरियमको घरतर्फ लागे। मरियम यूहन्नाकी आमा थिइन्। (यूहन्नालाई मर्कूस पनि भनिन्थ्यो।) धेरै मानिसहरू त्यहाँ जम्मा भएका थिए। तिनीहरू सबैले प्रार्थना गरिरहेका थिए।
बर्णाबास र शावलले यरूशलेममा आफ्ना काम सिद्धाए पछि एन्टिओक फर्के। तिनीहरूका साथमा यूहन्ना (मर्कूस) पनि थिए।
पावल र बर्णाबास माझमा यस विषयमा गहन चर्चा भयो। तिनीहरू छुट्टीए अनि भिन्दा भिन्दै बाटो लागे। बर्णाबास मर्कूसलाई लिएर समूद्र यात्रा गर्दै साइप्रसतिर लागे।
पावलले त्यस्तो सपना देखे पछि हामी तुरन्त म्यासिडोनिया जान तयार भयौं। हामीले बुझ्यौं कि परमेश्वरले हामीलाई ती मानिसहरूलाई सुसमाचार भन्न बोलाउनु भएको हो।
अरिस्तार्खसले नमस्कार पठाएका छन्। उनी पनि मसितै कैदमा छन्। अनि बर्णाबासका काकाका छोरा भाइ मर्कूसले पनि नमस्कार भनेका छन्। मर्कूसको विषयमा तिमीलाई निर्देशन दिएकोछु। यदि उनी आए भने उनलाई स्वागत गर्नू।
डेमास र हाम्रा प्रिय साथी वैद्य लूकाले अबिवादन पठाउँदैछन्।
तिमीलाई थाहा छ कि एशियामा मलाई सबले छोडे। फाइगेलस र हर्मोजेनस धरिले मलाई छोडे।
अनि मर्कूस, अरिस्तार्खस्, डेमास र लूकाले पनि तिमीलाई अभिवादन गर्न मसँग एक साथ छन्। यी सबै मैसित काम गर्दैछन्।
बेविलोनको मण्डलीले तिमीहरु सबैलाई नमस्कार जनाउँछ। ती मानिसहरु, पनि तिमीहरु जस्तै चुनिएका थिए। मर्कूस, जो ख्रीष्टमा मेरो छोरो हो उ पनि नमस्कार दिन्छ।