Home Bibles 2 तिमोथी 2:5 · नेपाली बाइबल
2 तिमोथी 2:5 · नेपाली बाइबल

यदि कुनै खेलाडीले दौडमा भाग लिने इच्छा गर्छ भने इनाम जित्नकोलागि उसले खेलको नियम पालन गर्नु पर्छ।

Cross references

लूका 13:24

“साँघुरो ढोकाबाट नै पस्ने धेरै कोशिस गर, किनभने यही स्वर्गको बाटो हो। धेरै मानिसहरू त्यहाँबाट पस्ने कोशिस गर्छन्, तर कोही पनि सफल हुन सक्तैन।

1 कोरिन्थी 9:24

तिमीहरू सबैले जान्दछौ, दौडमा धेरै जना दुगुर्छन् तर पुरस्कार चाँहि खाली एकजनाले पाउँछ। यसर्थ त्यसरी दुगुर ताकि तिमीले पुरस्कार जित्न सक।

फिलिप्पी 1:15

कोही मानिसहरू डाह र शेखीले अनि कसैले अरूलाई सहायता गर्ने इच्छाले ख्रीष्टलाई प्रचार गर्छन्।

कलस्सी 1:29

यसो गर्न, म ख्रीष्टले दिनुभएको तेज अनि शक्तिलाई काममा लाउँदैं संर्घष अनि काम गर्छु। मेरो जीवनमा त्यही शक्तिले काम गर्छ।

2 तिमोथी 4:7

मैले लडाईं लडेको छु र दौड सिद्धाएको छु। मैले विश्वास बचाइ राखेकोछु।

हिब्रू 2:7

छोटो अवधिका निम्ति तपाईंले उसलाई स्वर्गदूतहरू भन्दा निम्न बनाउनुभयो तपाईंले उहाँलाई आदर र महिमाको मुकुट लगाई दिनुभयो।

हिब्रू 2:9

केही समयको निम्ति येशू स्वर्गदूतहरू भन्दा निम्नको बनाइनुभएको थियो। तर अहिले हामी उहाँलाई आदर र महिमाको मुकुट लगाउनु भएको देख्छौ किनकि उहाँले कष्ट भोग्नु भयो र क्रूसमा मर्नुभयो। किनभने परमेश्वरको अनुग्रहले येशूले प्रत्येक व्यक्तिका निम्ति मृत्युको अनुभव गर्नुभयो।

हिब्रू 12:4

तिमीहरू पापको विरूद्ध लडदैछौ, तर अहिले सम्म तिमीहरूलाई रगत बगाउनु पर्ने अवस्थासम्म पुगेका छैनौ।

याकूब 1:12

त्यो मानिस धन्य हो जो आपत-विपतमा स्थिर रहन्छ, किनकि जाँचको सामना गरिसकेपछि त्यसले जीवनको त्यो मुकुट पाउनेछ, जो परमेश्वरले उहाँलाई प्रेम गर्नेहरूलाई दिने प्रतिज्ञा गर्नुभएको छ।

1 पत्रुस 5:4

तब, जब मुख्य गोठाला आउनु हुन्छ तिमीहरुले महिमाको मुकुट प्राप्त गर्नेछौ। अनि त्यसले आफ्नो सुन्दरता कहिलै हराउने छैन।

प्रकाश 2:10

तिमीहरुले पाउने कष्टहरुमा भयभीत नबन। म तिमीहरुलाई भन्दछु, शैतानले तिमीहरु मध्ये कसैलाई कैदखानामा परीक्षा लिनका निम्ति हाल्नेछ। तिमीहरुले दशै दिन सम्म यातना भोग्नेछौ। तिमीहरुले जीवनको मूल्य चुकाउनु परे पनि विश्वासी भई रहनु। यदि तिमीहरु विश्वासी रह्यौ भने, म तिमीहरुलाई जीवनको मुकुट प्रदान गर्नेछु।

प्रकाश 3:11

“म चाँडै आउँदैछु। तिमीहरु अहिले कै स्थितिमा बस। तब कुनै पनि व्यक्तिले तिमीहरुको मुकुट खोस्ने छैन।

प्रकाश 4:4

सिंहासनको वरिपरि चौबीसवटा अन्य सिंहासनहरु थिए। ती चौबीस सिंहासनमा चौबीस जना अग्रजहरु बसिरहेका थिए। ती अग्रजहरु सेतो लुगामा थिए अनि तिनीहरुका शिरमा सुनको मुकुट थियो।

प्रकाश 4:10

तो चौबीस जना अग्रजहरु उहाँ एक जो सिंहासनमा बस्छन्, उहाँको अघि शिर झुकाउँछन्। जो सदा सर्वदा जीवित रहन्छन्, अग्रजहरु उहाँलाई पूजा गर्छन्। अग्रजहरु आफ्ना मुकुट सिंहासन मुनि राख्छन् अनि भन्छन्

Interlinear

Choose Theme