2 शमूएल 8:7 · नेपाली बाइबल
दाऊदले हददेजेरका सेवकहरूबाट सुनका ढालहरू लिए। दाऊदले ती ढालहरू येरूशलेममा ल्याए।
Cross references
1 राजा 10:16
राजा सुलेमानले 200 वटा सुनको पाताका ठूला ढालहरू बनाएका थिए। प्रत्येक ढालमा लगभग 600 शेकेल कुटेको सुन थियो।
1 राजा 14:26
शीशकले परमप्रभुको मन्दिर र राजाको महलबाट ढिकुटि लगे। तिनीहरूले सुनका ढालहरू पनि लगे, जो सुलेमानले बनाएका थिए।
2 राजा 11:10
अनि पूजाहारीले सेनापतिहरूलाई भाला र ढाल दिए। ती भाला र ढालहरू दाऊदले परमप्रभुको मन्दिरमा राखेका थिए।
1 इतिहास 18:7
दाऊदले हदर-एजेरका सेना प्रधानहरूबाट सुनका ढालहरू लिए अनि ती यरूशलेममा ल्याए।
2 इतिहास 9:15
राजा सुलेमानले पिटेका सुनको 200 वटा ठूल ठूला ढालहरू बनाए। प्रत्येक ढाल बनाउनका निम्ति प्रायः 600 शेकेल पिटेको सुन प्रयोग गरियो।