Home Bibles ☰ Books 2 शमूएल 8:5 · नेपाली बाइबल
2 शमूएल 8:5 · नेपाली बाइबल

दमिशकका अरामीहरू सोबाका राजा हददेजेरलाई सहायता पुर्याउन आए। तर दाऊदले ती 22,000 अरामीहरूलाई परास्त गरे।

Cross references

2 शमूएल 8:3

रहोबका छोरा हददेजेर सोआका राजा थिए। यूफ्रेटिस नदी क्षेत्रमा अधिकार जमाउन लाग्दा दाऊदले हददेजेरलाई परास्त गरे।

1 राजा 11:23

परमेश्वरले अर्को एक जना मानिसलाई पनि सुलेमानको शत्रु बनाउनुभयो। उनी एल्यादाका छोरा रसोन थिए। रसोन आफ्नो मालिकबाट भागेका थिए। उनका मालिक सोबाका राजा हददेजेर थिए।

1 इतिहास 18:5

अरामी मानिसहरू दमीशक शहरबाट हदर-एजेरलाई सहायता गर्न आए। हदर-एजेर सोबाका राजा थिए। तर दाऊदले तिनलाई परास्त गरे र 22,000 अरामी सैनिकहरूलाई मारिदिए।

अय्यूब 9:13

परमेश्वरले आफ्नो क्रोध फर्काउँनुहुन्न। रहाबको सहयोगीहरूले परमेश्वरको डर माने।

भजनसंग्रह 83:4

ती शत्रुहरू भन्दैनन्, “आएर, तिनीहरूलाई पूर्णतः ध्वंश गरीदिनु होस्। तब कसैले पनि ‘इस्राएल को’ नाम समेत कहिल्यै सम्झना गर्नेछैन।”

यशैया 7:8

जबसम्म रसीन दमीशकको शासक हुनेछन् यो कुरा हुने नै छैन्। एप्रैम अहिले एउटा राष्ट्र हो तर 65 वर्षपछि यो राष्ट्र रहने छैन्।

यशैया 8:9

सबै तिमी राष्ट्रहरू, युद्धको लागि तयार हौ! तिमीहरू परास्त हुनेछौ। सुन टाढामा भएका सारा देशहरू! युद्धका लागि तयार हौ। तिमीहरू सबै परास्त हुनेछौ।

यशैया 31:3

मिश्रका जनताहरू केवल मानिसहरू मात्र हुन् परमेश्वर होइनन्। मिश्रबाट आएका घोडाहरू केवल पशुहरू मात्र हुन् आत्मा होइनन्। परमप्रभुले आफ्नो हात फैलाउँनु हुनेछ र सहायता गर्नेहरू पराजित हुनेछन्। अनि सहायता चाहाने मानिसहरू पतन हुनेछन्। ती सबै मानिसहरू-सँगै नाश हुनेछन्।

Interlinear

Choose Theme