तब दाऊदले मीकललाई भने, “परमप्रभु आफैले मलाई चुन्नु भयो। न त तिम्रा बाबु न उनका परिवारबाट कसैले परमप्रभुले मलाई इस्राएल अनि उहाँका मानिसहरूमाथि शासन गर्न चुन्नु भयो। त्यसै कारण म अझ पनि परमप्रभुको अघि नाचिरहनेछु।
Cross references
अब तपाईंको शासन अझ अघि बडने छैन। परमप्रभुले यस्तो मानिस खोज्नु भएको थियो जसले उहाँको आदेश पालन गर्छ। परमप्रभुले उहाँले चाहेको जस्तो मानिस भेट्ट्याउनु भएको छ र परमप्रभुले त्यही मानिसलाई आफ्ना मानिसहरूको प्रमुख बनाउँनु हुनेछ। तपाईंले परमप्रभुको आदेश पालन गर्नु भएन यसकारण उहाँले अर्को नया राजा छान्नु हुनेछ।”
शमूएलले शाऊललाई भने, “जसरी तपाईंले मेरो खास्टो च्याति दिनुभयो। यसरी नै परमप्रभुले आज इस्राएलको राज्य तपाईंबाट च्यात्नु भएकोछ। परमप्रभुले इस्राएलको राज्य तपाईंको साथीहरू मध्ये एकजनालाई दिनुभयो। त्यो मानिस तपाईं भन्दा असल छ।
परमप्रभुले शमूएललाई भन्नुहुन्छ, “कति दिन शाऊलको निम्ति दुःखीत भइरहन्छसू? शाऊललाई मैले इस्राएलको राजापदबाट हटाइसके तरै पनि त्यसको दुःख मानिरहन्छस्। तँसित भएको सींङ तेलले भर र बेतलेहेम जा। म तँलाई बेतलेहेमको यिशै नाउँको मानिसकहाँ पठाउँदैछु। यिशै बेतलेहेममा बस्छ। मैले त्यसकै एकजना छोरालाई नयाँ राजाको रूपमा चुनें।”
यिशैले कान्छो छोरा लिन तुरून्तै कसैलाई पठाए। त्यो छोरा हेर्दै राम्रो थियो, रातो वर्णको युवक। उ साँच्चै सुन्दर थियो।परमप्रभुले शमूएललाई भन्नु भयो, “उठेर उसलाई अभिषेक गर। त्यहि एउटा हो।”
जब शाऊल हाम्रा राजा थिए, त्यस समयमा पनि तपाईं इस्राएलका सैनिक अगुवा हुनुहुन्थ्यो। तपाईंले हामीलाई युद्धमा दोह्रोयाउँनु भयो अनि तपाईंले हामीलाई युद्धबाट पछि फर्काएर ल्याउनु भयो अनि परमप्रभुले पनि तपाइलाई घोषणा गरिसक्नु भएकै छ, ‘तिमी मेरा मानिसहरूको गोठालो हुनेछौ, र इस्राएलीहरू माथि शासक हुनेछौ।”‘
दाऊद अनि इस्राएलीहरू नाच्दै र संगीतमय बाजा-गाजाहरू बजाउँदै अघि बढे। तिनीहरूको बीचमा संगीतमय साधनहरू वीणा, सारङ्गी, खैंजडी, शंकुबाट काठका बाजाहरू अनि झ्यालीहरू थिए।
परमप्रभुको अघि दाऊद नाचे। दाऊदले एपोद लगाएका थिए।
शाऊलकी छोरी मीकलले झ्यालबाट हेर्दैथिइन्। जब परमप्रभुको पवित्र सन्दूकलाई शहरमा ल्याइयो दाऊद नाच्दै-उफ्रँदै गर्नथाले। मीकलले यो हेरिरहेकी थिई र दाऊदसँग रिसाईन्। तिनले सोचिनन् ऊ आफैंले आफैंलाई मूर्ख बनाउँदैछ।
जब करारको सन्दूक दाऊदको शहरमा ल्याइपुर्याइयो, मीकलले झ्यालबाट हेरिन्। मीकल शाऊलकी छोरी थिइन्। तब तिनले राजा दाऊदलाई नाच्दै गरेका अनि बाद्य-बाजाहरू बजाउँदै गरेका देखिन्, अनि तिनले दाऊद प्रतिको आफ्नो श्रद्धा हराइन अनि तिनले सोचिन दाऊदले आफैंलाई मूर्ख बनाइरहेछन्।
परमेश्वरले दाऊदलाई आफ्नो खास दासको रूपमा छान्नु भयो। दाऊदले भेंडागोठ सम्हाली रहेका थिए, तर परमेश्वरले उनलाई त्यस कामबाट टाढो लैजानु भयो।
एक पल्ट तपाईंले आफ्ना पवित्र जनहरूसित दर्शनमा बोल्नुभयो, र भन्नुभयो, मैले एक योद्धालाई बल प्रदान गरेको छु, मैले मानिसहरूबाट एउटा युवकलाई उच्च पारेको छु।
शावललाई हटाए पछि परमेश्वरले दाऊदलाई तिनीहरूका राजा बनाउनु भयो। परमेश्वरले दाऊदको विषयमा यसो भन्नु भयोः ‘यस्सीको छोरा दाऊद एउटा मानिस हो जसले मैले सोचे जस्तो सोच्छ। मैले चाहे अनुसार सबै कामहरू उसले गर्नेछ।
यसकारण तिमीहरू खाऊ, पिऊ, जे सुकै गर, तर त्यो परमेश्वरको महिमाकोलागि गर।