Home Bibles 2 शमूएल 3:7 · नेपाली बाइबल
2 शमूएल 3:7 · नेपाली बाइबल

शाऊलकी एउटी नोकर्नी एयाहकी छोरी रिश्मा थिई। ईश्बोशेतले अबनेरसित भने, “तिमीले मेरा बाबुकी नोकर्नीसित किन सहवास गर्यौ?”

Cross references

2 शमूएल 2:8

नेरका छोरा अबनेर शाऊलको फौजमा कप्तान थिए, अबनेरले शाऊलका छोरा ईश्बोशेतलाई महनैम लगे।

2 शमूएल 12:8

मैले तिमीलाई उसकी पत्नीहरू र परिवार लिन अधिकार दिएँ। अनि मैले तिमीलाई इस्राएल र यहूदाको राजा बनाएँ। यदि त्यो एकदमै कम्ति भए म तिमीलाई अझ ज्यादा दिने थिए।

2 शमूएल 16:21

अहीतोपेलेले अब्शालोमलाई भने, “तिम्रा पिताजीले उहाँका केही पत्नीहरूलाई आफ्नो घर रेखदेख गर्न छोडनु भएको छ। जाऊ र तिनीहरूसित शारीरिक सम्बन्ध राख। त्यसपछि प्रत्येक इस्राएलीलाई यो थाहा हुनेछ कि तिमीलाई तिम्रा पिताले घृणा गर्छन् भनेर। अनि ती सबै मानिसहरूले तिमीलाई सहयोग पुर्याउन उत्साहित हुनेछन्।”

2 शमूएल 21:8

दाऊदले आरमोनी र मपीबोशेततिनीहरूलाई सुम्पिए। तिनीहरू शाऊलका र रिश्पाका छोराहरू थिए। शाऊलकी एउटी छोरी मेराब नाउँकी थिई। महोलाका र्बजितका छोरा अद्रीएलसँग शाऊलकी उक्त छोरीको विवाह भएको थियो। यसैले दाऊदले मेराब र अद्रीएलका पाँच जना छोराहरू लिए।

1 राजा 2:17

अदोनियाहले भने, “मलाई थाहा छ तपाईंले भनेको कुनै पनि कुरा राजा सुलेमान मान्नु हुन्छ। कृपया शूनम्मी युवती अबीश्गसँग विवाह गर्ने अनुमति मलाई उनीबाट दिलाई दिनुहोस्।”

1 राजा 2:21

यसर्थ बतशेबाले भनिन्, “शूनम्मी अबीशगसँग विवाह गर्ने अनुमति तेरो दाजु अदोनियाहलाई दे।”

Interlinear

Choose Theme