एलाजारले आफू नथाकुन्जेल पलिश्तीहरूसँग सामना गरे। तिनले हातमा तरवार मुठ्याएर लडी नै रहे। परमप्रभुले त्यस दिन इस्राएलीहरूलाई ठूलो विजय गराइदिनु भयो। एलाजार एक्लैले विजय प्राप्त गरेपछि मानिसहरू आएका थिए, र आउनुको एक मात्र कारणचाहिं एलाजारले मारेका शत्रुपक्षका सेनाहरूबाट मालसमान लुट्नु मात्र थियो।
Cross references
परमप्रभुले ती सेनाहरूलाई अन्योलमा पारिदिनु भयो जब इस्राएलले आक्रमण गरे। यसरी इस्राएलीहरुले तिनीहरूलाई परास्त गरे र महान विजय प्राप्त गरे। इस्राएलका सेनाले शत्रुलाई गिबोन देखि बेथारोनको उकालो बाटो सम्म खेदे। इस्राएलका सेनाले आजेका अनि मक्केदा सम्मका मानिसहरूलाई मारे।
यहोशूले ती सबै शहरहरू अनि तिनीहरूका राजाहरूलाई एकै चोटि अधीनमा लिए। यहोशूले यसो गरे किनभने, परमप्रभु इस्राएलका परमेश्वरले इस्राएलका निम्ति युद्ध गरिरहनु भएको थियो।
परमप्रभुले तिनीहरूलाई इस्राएलको निम्ति परास्त पारिदिनु भयो। इस्राएलका सेनाले तिनीहरूलाई मारिदिए अनि तिनीहरूलाई महान सीदोन, मिश्रपोत मैम अनि पूर्वमा मिस्पा बेंसी सम्म खेदे। इस्राएलका सेनाहरू शत्रुहरूका एकजना पनि जीवित रहुञ्जेल सम्म लडे।
जब शिमशोन लही भनिने ठाउँमा आए पलिश्तीहरू तिनलाई भेटून आए। तिनीहरू खुशीले कराउँदै थिए। तब परमप्रभुको आत्मा भयानक शक्तिसित शिमशोन माथि आउँनुभयो। शिमशोनले डोरी चुँडए। त्यो डोरी जलेको धागो जस्तै कमजोर देखिन्थ्यो। ती डोरी तिनका पाखुराबाट झरे मानौं तिनीहरू पग्लिएका थिए।
शिमशोन अत्यन्त तिर्खाए। यसकारण तिनी परमप्रभुतिर कराए। तिनले भने, “म तपाईंको दास हुँ। तपाईंले मलाई यो महान विजय प्रदान गर्नु भयो। कृपया अब मलाई तिर्खाले मर्न नदिनुहोस्। कृपया मलाई ती मानिसहरूद्वारा कब्जा गर्न नदिनुहोस् जसको खतना पनि गरिएको छैन।”
तर शाऊलले भने, “होइन, आज कसैलाई मार्नु हुँदैन। आज परमप्रभुले इस्राएलको रक्षा गर्नु भएको छ।”
जोनाथनले आफ्नो हतियार बोक्ने युवा सहयोगीलाई भने, “आऊ, ती विदेशीहरूको छाउनीमा जाऔ। हुन सक्छ, परमप्रभुले तिनीहरूलाई डराउनको निम्ति हामीलाई प्रयोग गर्नुहुनेछ। हामीसँग ज्यादा सैनिक होस् कि नहोस् परमप्रभुलाई कसैले रोक्न सक्दैन।”
यसरी परमप्रभुले इस्राएलीहरूलाई त्यस दिन रक्षा गर्नुभयो। तिनीहरूले बेत-आवेनको पारिसम्मै लडाँईं लडे। सबै सैनिकहरू शाऊलका साथ थिए त्यहाँ झण्डै 10,000 पुरूष थिए। एप्रैमका पहाडी देशको प्रत्येक शहरमा युद्ध फैलियो।
पलिश्तीहरूलाई खेद्दै सिमाना कटाए पछि इस्राएलीहरू फर्केर पलिश्तीहरूका छाउनीमा पसे र त्यहाँ धेरै सामानहरू फेला पारे।
पलिश्ती गोलियतलाई मार्दा पनि दाऊदले आफ्नो जीवन खतरामा हालेका थिए। परमप्रभुले सबै इस्राएललाई महान विजय दिलाउनु भयो। यो सब देखेर तपाईं खुशी हुनुभयो। अब दाऊदलाई किन मार्न चाहनुहुन्छ! दाऊद निर्दोष छ। दाऊदको हत्या गर्ने कुनै कारण नै छैन।”
तर शम्मा खेतको मध्यभागमा उभिएर सामना गरे। तिनले पलिश्तीहरूलाई हराए। त्यस दिन पनि परमप्रभुले इस्राएलीहरूलाई ठूलो विजय गराउनुभयो।
नामान अरामका राजाको सेनाका कप्तान थिए। नामान आफ्नो राजाकालागि धेरै महत्वपूर्ण थिए। किनभने परमप्रभुले उनलाई अरामको विजयका लागि उपयोग गरेका थिए। नामान महान् र शक्तिशाली मानिस थिए, तर तिनी कुष्ठ रोगले ग्रस्त थिए।
“शक्तिशाली राजाहरूका सिपाहीहरू भागेर गए! नारीहरूले लुटका सामान घर-घरमा भाग गरेर राखेकी छन् जुन सिपाहीहरूले युद्धबाट ल्याएका थिए। ती मानिसहरू जो घरमा बसेका छन् तिनीहरूले सम्पत्ति बाँडने छन्।
परमेश्वरले मात्र हामीलाई बलियो बनाउन सक्नु हुन्छ। परमेश्वरले हाम्रा शत्रुहरू पराजित गर्न सक्नु हुन्छ।
परमप्रभुले नै राजाहरूलाई युद्ध जित्नलाई सघाउनु भयो। परमप्रभुले आफ्ना दास दाऊदलाई शत्रुहरूका तरवारहरूबाट बचाउनु भयो।
यसकारण मैले उसलाई मेरो मानिसहरू मध्ये पुरस्कार दिएँ। उसले ती सबै चीजहरू बलिया मानिसहरूसँग बाँड्नेछ। म उसैको लागि यो कुरा गरिरहेछु किनभने उसले मानिसहरूको लागि आफ्नो जीवन अर्पण गर्यो अनि मर्यो। मानिसहरूले भने उ एक अपराधी थियो। तर वास्तवमा के थियो भने उसले अन्य सबैका पापहरू स्वयंले बोक्यो। अनि जोसँग पापहरू छन् ती मानिसहरूकै लागि बोल्यो।”
गैर-यहूदीहरूलाई परमेश्वरको आज्ञाकारी बनाउनमा वचन र कर्मद्वारा ख्रीष्टले मेरो मार्फत जे गर्नु भएको छ त्यसबारे मात्र बोल्ने आँट म गर्नेछु।
हामी आफ्नो बारेमा प्रचार गर्दैनौं। तर हामी येशू ख्रीष्ट प्रभु हुनुहुन्छ भन्ने सत्य कुरा प्रचार गर्छौं। अनि हामी प्रचार गर्छौं कि येशूको निम्ति हामी तिमीहरूका सेवक हौं।
मेरो पत्रको अन्तमा म भन्छु, प्रभुमा र उहाँको महान शक्तिमा दृढ बन।