परमेश्वर, तपाईंले मलाई शत्रुबाट बचाउनु भयो! जो मेरो बिरूद्धमा उठे, तिनीहरूलाई पराजित गराउन मलाई सहयोग पुर्याउनु भयो निर्दयीहरूबाट मलाई बचाउनु भयो।
Cross references
तिनीहरूका बाल्टीहरू पानीले भरिएर पोखिनेछन्। अनि तिनीहरूका बीउहरूले प्रशस्त पानी पाउने छन्। तिनीहरूका राजा अगाग भन्दा ठूलो हुनेछ, अनि तिनीहरूको राज्य बढनेछ।
“म परमप्रभुलाई देख्न सक्छु, तर अहिले होइन, म उहाँलाई देख्न सक्छु, तर नजीकबाट होइन। एउटा राजा तारा जस्तै याकूबको वंशबाट आउनेछ, इस्राएलका मानिसहरूबाट एक जना शासक जन्मनेछ। मोआबी मानिसहरूको त्यस शासकले टाउको किच्चयाउनुहुनेछ अनि शेतको वंशनै ध्वंश पार्नु हुनेछ।
परमप्रभुले कंगालहरूलाई धूलोबाट उठाउँनुहुन्छ, अनि दुःख हटाई दिनुहुन्छ। परमप्रभुले कंगालीहरूलाई राजा संग-संगै बसाउनुहुन्छ। परमप्रभुले कंगालीहरूलाई सम्मानको सिंहासनमा राख्नुहुन्छ। परमप्रभु उनी हुन जसले संसारको जग बसाल्नु भयो अनि त्यसमाथि संसार बनाउनु भयो।
तब दाऊदले बुझेकि परमप्रभुले तिनलाई साँच्चै इस्राएलको राजा बनाउनु भएका छन्। दाऊदले यो पनि बुझे यहाँ पाए कि परमप्रभुले उहाँको राज्य महत्वपूर्ण परमेश्वरको मानिस, इस्राएलका मानिसहरूको खातिर दिनु भएको छ।
“मेरो सेवक दाऊदलाई भनिदेऊः ‘सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छः ‘मैले तिमीलाई चुने जब तिमी एउटा गोठाला जस्तै थियौ। उहाँले तिमीलाई मेरा मानिसहरू र इस्राएलको शासक बनाउनुभयो।
कूशी आए। उनले भने, “मेरा मालिक राजालाई खबर छ। आज परमप्रभुले तपाईंका विरोधीहरूलाई दण्ड दिनुभयो।”
हे परमप्रभु, तपाईंले मेरो शत्रुहरूबाट मलाई बचाउनु भयो जो मेरो विरूद्ध उभिए, तिनीहरूलाई पराजित गर्न मलाई सहयोग गर्नुभयो। मलाई अत्याचारी मानिसहरूबाट जोगाउनु भयो।
हे वीर मानिस, किन तिमी आफ्नो अधर्म कामहरूमा घमण्ड गर्दछौं? तिमी परमेश्वरको नजरमा अपमानित मानिस हौ।
हे परमप्रभु, मलाई दुष्ट मानिसबाट बचाउनु होस् क्रुर मानिसहरूबाट मेरो रक्षा गर्नुहोस्।
हे परमप्रभु, मलाई दुष्ट मानिसहरूबाट जोगाई दिनुहोस्, क्रुर मानिसहरूबाट मेरो रक्षा गरिदिनु होस, तिनीहरू मेरो पछि लागेर खोज्दछन् र कष्ट दिने प्रयास गर्दछन्।