मेरा शत्रुहरूले सहायताको अपेक्षा राखे तर तिनीहरूले कुनै सहायता पाएनन् तिनीहरूले परमप्रभुतिर पनि आशा गरे तर कुनै जवाफ पाएनन्
Cross references
शाऊलले परमप्रभुमा प्रार्थना गरे तर परमप्रभुले जवाफ दिनुभएन। परमप्रभु परमेश्वरले दर्शनमा पनि केही उत्तर दिनुभएन। परमेश्वरले न त उरीम न ता अगमवक्ताद्वारा नै शाऊललाई जवाफ दिनुभयो।
त्यस दुष्ट मानिसले जब कष्ट पाउनेछ अनि उ चिच्याएर परमेश्वरलाई गुहार माग्दछ। तर परमेश्वरले उसको चित्कारमा ध्यान दिनु हुनेछैन।
तब तिमीहरूले मलाई बोलाउनेछौ र मैले जवाफ दिनेछैन्। तिमीहरूले सहायताको निम्ति मलाई खोज्नेछौ, तर मबाट तिमीहरूले सहायता पाउँने छैनौ।
“तिमीहरू मलाई प्रार्थना गर्न आफ्ना हातहरू उचाल्ने छौ, तर म तिमीहरू तर्फ हेर्न पनि अस्वीकार गर्नेछु। तिमीहरू धेरै भन्दा धेरै प्रार्थनाहरू गर्नेछौ, तर म सुन्नलाई अस्वीकार गर्नेछु। किन? किनभने तिमीहरूका हातहरू रगतले मुछिएका छन्।
“हे मानिसको छोरो, इस्राएलका बूढा- प्रधानहरूसँग कुरा गर। तिनीहरूलाई भन, ‘परमप्रभु मेरो मालिकले, यो कुरा बताउनु हुन्छ के तिमीहरू मेरो सल्लाह माग्न आएका हौ? यदि तिमीहरू आएका हौ भने म तिमीलाई यो दिँदिन। परमप्रभु मेरा मालिकले यो कुराहरू भन्नुभयो।’
तिमीहरुले परमप्रभुको प्रार्थना गरिरहेकाछौ तर परमप्रभु जवाफ दिनुहुन्न। परमप्रभुले आफ्नो मुख तिनीहरुदेखि लुकाईरहनु भएकोछ। किन? किनकि तिमीहरुले नराम्रो कर्म गरेका छौ।”
अन्तिम दिनमा धेरैले मलाई भन्नेछन्, ‘तपाईं नै हाम्रा प्रभु हुनुहुन्छ। हामीले तपाईंकै नाउँमा अगमवाणी बोल्यौ; अनि तपाईंकै नाउँमा हामीले ती दुष्टहरूलाई निकाली पठायौं अनि अनेक अनौठा चमत्काहहरू गर्यौ।’
यदि कुनै घर-मालिक आफ्नो घर ढोकामा ताला लगाउँछ भने, तिमीले बाहिर उभिएर ढोका ढक्ढकाउनु सक्छौ, हे महाशय, हाम्रा निम्ति ढोका खोलिदिनुहोस्। तर त्यो मानिसले भन्नेछन् म जान्दिन तिमी कहाँबाट आएका हौ?”