गिबोनीहरूले भने, “शाऊलका परिवारले गरेको कार्यको मूल्य चुकाउने त्यति सुन चाँदी छैन। अनि हामीलाई कुनै पनि मानिसको हत्या गर्ने अधिकार छैन।”दाऊदले भने, “ठीक छ, म तिमीहरूको निम्ति के गर्नसक्छु?”
Cross references
लाबानले सोध्यो, “तब मैले तिमीलाई के दिनु पर्ने?”याकूबले उत्तर दियो, “तपाईंले मलाई केही दिनु पर्दैन। मैले गरेको कामको निम्ति तपाईंले मलाई ज्याला देऊ म चाहन्छु खाली यही एउटा कुरा मलाई देऊ। म फर्केर जान्छु अनि तपाईंका भेडाहरूको हेरचाह गर्नेछु।
कतिपय मानिसहरू सोच्छन् कि तिनीहरूको बल र धनले तिनीहरूलाई रक्षा गर्नेछ। तर ती मानिसहरू मूर्खहरू हुन्।
तिमीहरु जान्दछौ कि विगत समयमा तिमीहरु लक्ष्यहीन भई बाँचेका थियौ। तिमीहरुले त्यस तरिकाले जीवित रहने कुरा ती मानिसहरुबाट सिक्यौ जो तिमीहरु भन्दा अघि बाँचिरहेका थिए। तर तिमीहरुलाई त्यस तरिकाले बाँच्नबाट बँचाइयो। तिमीहरु किनियौ ती वस्तुहरुद्वारा होइन जो सुन वा चाँदी जस्तै नष्ट हुन्छ।