Home Bibles 2 शमूएल 19:30 · नेपाली बाइबल
2 शमूएल 19:30 · नेपाली बाइबल

मपीबोशेतले राजालाई भने, “मेरो मालिक राजा, तपाईं शान्तिसित घर फर्कनुभएको नै यथेष्ट छ। जमीन सीबाले नै लगोस्।”

Cross references

2 शमूएल 1:26

हे जोनाथन, मेरो सानो भाइ, मैले तिमीलाई साँच्चै हराएँ। मैले तिम्रो मित्रताको आनन्द धेरै लिएँ तिमीले मलाई दिएको मृत्युको प्रेम साँच्चै अचम्मकै थियो, स्त्रीको प्रेमभन्दा पनि गहिरो थियो।

2 शमूएल 9:9

त्यसपछि राजा दाऊदले शाऊलका नोकर सीबालाई बोलाएर भने, “शाऊलका जे जति जेथा थिए ती सब मैले तिम्रो मालिकका नाति (मपीबोशेत)लाई दिएँ।

2 शमूएल 19:18

ती मानिसहरू यर्दन नदी तरेर राजाका परिवार यहूदामा फिर्ता गराउन गए। मानिसहरूले राजाले जे चाहन्थे त्यही गरे। जब राजा नदी तर्दैथिए, गेराका छोरा शिमी तिनलाई भेटून आए।

प्रेरित 20:24

म मेरो आफ्नै जीवनलाई ध्यान दिन्न। मुख्य कुरो मैले मेरो कार्य गरी सक्नु पर्छ। म त्यो कार्य सिद्धाउन चाहन्छु जुन प्रभु येशूले सुम्पिनु भयो मानिसहरूलाई परमेश्वरको अनुग्रहको सुसमाचार भन्नु।

फिलिप्पी 1:20

मेरो दृढ इच्छा अनि आशा त्यो हो कि कुनै कुरोमा पनि म ख्रीष्टलाई भुल्ने छैन। म संधै आशा गर्दछु जब सम्म म यस शरीरमा रहनेछु ख्रीष्टको महानता देखाउनु अहिले ठुलो आँट पाउनेछु। म मरुँ अथवा जिउँदै रहँु यो काम गरि रहनेछु।

Interlinear

Choose Theme