त्यस पहरादारले भने, “मलाई लाग्दैछ त्यो पहिला कुद्दै आउने चाहिं सादोकका छोरा अहीमास हुनुपर्छ।”राजाले भने, “अहीमास राम्रो मानिस हो। उसले राम्रो खबर ल्याउँदैछ।”
Cross references
जब योआब बोल्दै थिए, पूजाहारी एबीयातारका छोरा जोनाथन आइपुगे। अदोनियाहले भने, “यहाँ आऊ! तिमी असल मानिस हौ। तिमीले मेरो निम्ति शुभ समाचार ल्याएको हुनुपर्छ।”
रक्षकले योरामलाई भन्यो, “दोस्रो दूत समूहतिर गयो, तर अहिलेसम्म फर्केर आएको छैन। एक जना मानिस आफ्नो रथ बौलाहा जस्तै चलाई रहेको छ। ऊ निम्शीको नाती येहू जस्तै नै चलाइ रहेको छ।”
एक विश्वसनीय दूत संवाद पठाउने मानिसको निम्ति बाली भित्रयाउने समयको गरमदिनको शीतल पानी जस्तै हो उसले उसको मालिकको आत्मालाई पुनः ताजगी गराउँछ।
टाढा ठाउँ बाट आएको शुभ समाचारहरू त्यत्तिकै शीतल हुन्छ जति गर्मीको दिनमा प्यास र थकित भएर पिएको पानी शीतल हुन्छ।
एकजना समाचार-वाहक सु-समाचार लिएर पहाडमाथि आउँदै गरेको देख्नु आश्चर्यपूर्ण कुरा हो। समाचार-वाहकले सियोनमा यो घोषणा गरेको सुन्दा खुशीयाली आउँछ, “शान्ति छ! हामी सुरक्षित छौं!” तिमीहरूका परमेश्वर राजा हुनुहुन्छ!”
तर कसैले प्रचार गर्नु भन्दा अघि, उसलाई पठाइनु पर्छ। धर्मशास्त्रले भन्छः “सुसमाचार ल्याउनेहरूको खुट्टा सुन्दर हुन्छन्।”