योआबका मानिसहरूले अब्शालोमको लाश जङ्गलको ठूलो दूलोमा फ्याँकिदिए। तिनीहरूले लाश हालेर उक्त दूलोलाई ढुङ्गाले पुरिदिए।अब्शालोमका जति पनि इस्राएली अनुयायीहरू थिए भागेर घर गए।
Cross references
आकानलाई जलाइसके पछि तिनीहरूले धेरै ढुङ्गाहरू त्यसको शरीर माथि राखिदिए। ती ढुङ्गाहरू आज सम्म पनि त्यहाँ छन्। परमेश्वरले आकानमाथि यसरी कष्ट ल्याइदिनु भयो। त्यसै कारणले गर्दा त्यस स्थानलाई आकोरको बेंसी भनिन्छ। त्यसपछि मानिसहरूसित परमप्रभु क्रोधित हुनु भएन।
यहोशूले ऐका राजालाई एक रूखमा झुण्ड्याए। तिनले उसलाई साँझसम्म त्यतिकै झुण्ड्याइ राखे। सूर्यास्तको समयमा यहोशूले आफ्ना मानिसहरूलाई ऐका राजाको मृत-शरीरलाई रूखबाट झार्नु भने। तिनीहरूले त्यसको मृत-शरीरलाई शहर-द्वारमा खसाइ दिए। त्यसपछि तिनीहरूले मृत- शरीरलाई ढुङ्गाले ढाकि दिए। त्यो ढुङ्गाको थुप्रो आज सम्म त्यहाँ छ।आशिर्वाद एवं अभिशापहरूको पठन
सूर्यास्तको समयमा यहोशूले उसका मानिसहरूलाई रूखहरूबाट मृत शरीरहरू तल झार्ने आदेश दिए। तिनीहरूले मृत शरीरहरू त्यही गुफामा फ्याँकि दिए जहाँ स्वंय राजाहरू लुकेका थिए अनि गुफालाई ठूला ढुङ्गाहरूले छोपेका थिए। ती ढुङ्गाहरू आजसम्म त्यहीं छन्।
योआब राजाका घरमा आए। योआबले राजालाई भने, “तपाईंले आफ्ना सबै अधिकारीहरूको बेज्जत गर्दैहुनुहुन्छ। हेर्नुहोस्, ती अधिकारीहरूले आज तपाईंको प्राण बचाए। अनि तिनीहरूले तपाईंका छोरा छोरी, पत्नीहरू र नोकर्नीहरूलाई पनि बचाए।
त्यसपछि राजा शहरको फाटकमा गए। त्यत्ति नै बेला राजा फाटकमा सवारी भए भनेर हल्ला चारैतरि फैलियो। यसैले सबै मानिसहरू राजालाई हेर्न आए।अब्शालोमका अनुयायी भएका सबै इस्राएलीहरू भागेर घर गए।
इस्राएलका सबै कुल र परिवार समूहका मानिसहरूले तर्कबितर्क गरे। तिनीहरूले भने, “राजा दाऊदले हामीलाई पलिश्ती र अन्य शत्रुहरूबाट बचाए। दाऊद अब्शालोमको अघिबाट भागे।
त्यहाँ बिक्रीका छोरा शेबा नाउँ गरेको दुष्ट प्रवृतिका बिन्यामीन कुल समूहका एकजना मानिस थिए। शेबाले तुरही फुकेर मानिसहरू भेला गर्ने भए। तब उसले भने,“हामीसित दाऊदको भाग छैन यिशैको छोरामा हाम्रो कुनै अंश छैन इस्राएल, हामी सबै घर जाऔं आफ्नो पालमा।”
तब त्यस महिलाले बुद्धिमानी तवरले शहरका सबै मानिसहरूलाई भनिन्। मानिसहरूले बिक्रीको छोरा शेबाको टाउको छिनाए। त्यसपछि पर्खालबाट शेबाको टाउको योआबको निम्ति हुत्याइदिए।त्यसपछि योआबले तुरही फुके अनि सेनाहरूले शहर छोडे। सिपाहीहरू घर गए, अनि योआब यरूशलेममा राजाकहाँ गए।
तब योराम र उनका सबै रथहरू लिएर याईरमा गए। एदोमी सैनिकहरूले उनलाई घेरे। योराम र उनका अधिकारीहरूले तिनीहरूमाथि राती आक्रमण गरे। तर योरामका सबै सैनिकहरू भागे।
एकजना इमान्दार मानिसको स्मरण आशीर्वादको श्रोत हो तर दुष्ट मानिसको नामबाट दुर्गन्ध आँउछ।
यसर्थ परमप्रभुले योशियाहका छोरो राजा यहोयाकीमको विषयमा भन्नुहुन्छु, “यहोयाकीमको लागि यहूदाका मानिसहरू रूने छैनन, ‘हाय मेरो दाज्यू! हाय मेरी बहिनी! म यहोयाकीमको लागि अत्यन्तै दुखीत छु।’ भनी तिनीहरू कसैले पनि परस्परमा कुरा गर्ने छैनन्। यहूदाका मानिसहरू यहोयाकीमको लागि रूने छैनन्। तिनीहरूले उनको विषयमा भन्ने छैनन्, ‘हाय मेरा मालिक! हाय, मेरा महाराज! तिम्रो मृत्युमा म अत्यन्तै दुखी छु।’