Home Bibles ☰ Books 2 शमूएल 17:29 · नेपाली बाइबल
2 शमूएल 17:29 · नेपाली बाइबल

तिनीहरूले ओढ्ने-ओछ्यान, र अन्य भाँडा-कुँडाको बन्दबस्त मिलाइदिए। तिनीहरूले गहुँ, जौं, आँटा, उसिनेको फल, सिमी, सुकेको विजन, मह, नौनी, भेडा अनि गाईको दूधबाट बनेको चिज ल्याइ दिए।

Cross references

न्यायकर्ता 8:4

जब गिदोन अनि तिनका 300 मानिसहरू यर्दन नदीमा आए, अनि अर्कोतर्फ पार गरे। तर तिनीहरू थकित अनि भोकाएका थिए।

1 शमूएल 17:18

यो 10 टुक्रा पनीर पनि लिए जाऊ। तिम्रा दाज्यूहरूको 1,000 सेनाको समूहलाई आदेश गर्ने अधिकारीलाई देऊ। दाज्यूहरूले के गर्दै छन् हेर। दाज्यूहरू ठीक-ठाक नै छन् भन्ने प्रमाण पनि लिएर आउनु।

2 शमूएल 16:2

राजा दाऊदले सीबालाई सोधे, “यी चीज किन ल्यायौ?”सीबाले जवाफ दिए, “गधाहरू राजाको परिवारलाई चढनको निम्ति ल्याएको हो। रोटी र ग्रीष्मफलहरू अधिकारीहरूलाई खाना भनेर अनि मरूभूमिमा हिंडदा जो कमजोरी भएर हिंडन सक्दैनन् तिनीहरूका निम्ति दाखरस ल्याएको।”

2 शमूएल 16:14

राजा दाऊद र तिनका अनुयायीहरू यर्दन नदी पुगे। राजा र अनुयायीहरू थकित थिए। त्यहाँ तिनीहरूले आराम गरे र आफूलाई थकावट मुक्त पारे।

2 शमूएल 17:2

जब उ थाकेर कमजोर भएको हुन्छ म उसलाई पक्रनेछु। म त्यसलाई धम्काउँछु। तब उसका मानिसहरू सबै भाग्नेछन्। तर म खालि दाऊदलाई मात्र मार्नेछु।

भजनसंग्रह 34:8

परमप्रभुलाई जाँच गरेर हेर, उहाँ कति असल हुनुहुन्छ। जुन मानिसले उहाँमाथि आश्रय राख्दछ ऊ अवश्य खुशी हुनेछ।

भजनसंग्रह 84:11

परमप्रभु हाम्रा रक्षक र महिमामय राजा हुनुहुन्छ, परमेश्वरले हामीलाई दया र महिमाले आशीर्वाद दिनुहुन्छ। जसले परमप्रभुको अनुसरण र आज्ञा पालन गर्दछ। उहाँले ती मानिसहरूलाई प्रत्येक असल चीज दिनुहुन्छ।

भजनसंग्रह 107:5

तिनीहरू भोका र प्यासा थिए अनि कमजोर हुँदै गइरहेका थिए।

उपदेशक 11:1

विभिन्न धन्दाहरूका कुराहरूमा पैसा लगाओ बिस्तारै त्यसले फाइदाल्याउँछ।

यशैया 21:14

तेमाका मानिसहरू तिमीहरूले तिर्खाको केही यात्रीहरूलाई पानी अनि भोजन दियौ।

यशैया 58:7

म चाहन्छु कि तिमीहरूले आफ्ना भोजन भोका मानिसहरूसँग बाँडेर खानेछौ। म चाहन्छु कि तिमीहरूले घर नभएका गरीब मानिसहरूलाई खोजेर आफ्नो घरहरूमा आश्रय दिनेछौ। जब तिमीहरूले नाङ्गो वस्त्रहीन मानिस देख्यौ भने त्यसलाई आफ्ना लुगाहरू दिनेछौ। ती मानिसहरूलाई सहयोग गर्न नचुक, तिनीहरू पनि तिमीहरू जस्तै नै हुन्।”

लूका 8:3

अरू पनि स्त्रीहरूः योअन्ना, चूजाकी पत्नी (होरोदको सहयोगी) सुजाना, र धेरै अरू स्त्रीहरू त्यस स्त्रीसँग थिए। ती स्त्रीहरूले येशू र उहाँको प्रेरितहरूलाई आफ्नै रूपिंया पैसा दिएर मद्दत पुर्याए।

रोमी 12:13

परमेश्वरका मानिसहरूले सहायता खोजेको देखे आफूमा भएको कुरो बाँड र सहायता देऊ। अनि मानिसहरूलाई आफ्नो घरमा स्वागत गर।

Interlinear

Choose Theme