तर अब्शोलोमले इस्राएलका सबै परिवार समूहमा गुप्तचर पठाए। ती गुप्तचरहरूले मानिसहरूलाई भने, “जब तिमीहरूले तुरही बजेको सुन्छौ, भन्नु, ‘अब्शालोम हेब्रोनमा राजा भएका छन्।”‘
Cross references
पछि दाऊदले परमप्रभुसँग सल्लाह मागे। दाऊदले भने, “के म यहूदाको कुनै शहरमा जाऊँ?”परमप्रभुले दाऊदलाई भन्नु भो, “हो जाऊ।”दाऊदले भने, “त्यसो हो भने म कहाँ जाऊँ।”परमप्रभुले भन्नु भो, “हेब्रोनतर्फ।”
दाऊद हेब्रोनमा राजा थिए। दाऊदले यहूदाका परिवार समूहलाई साँढे सात वर्ष शासन गरे।
दाऊदका छः जना छोराहरू हेब्रोनमा जन्मे। अम्नोन जेठो छोरा थिए, ऊ अहीनोअमको यिज्रेलीकी छोरा थिए।
हेब्रोनमा तिनले यहूदामाथि साढे सात वर्ष शासन गरे अनि इस्राएल र यहूदामाथि यरूशलेममा 33 वर्ष शासन गरे।
तब अब्शालोमले आफ्ना सेवकहरूलाई आदेश दिए, “अम्नोनलाई होशियार साथ ख्याल राख्नु। जब उ मातेर बेहोस हुन्छ म आदेश दिन्छु। तिमीहरूले अवश्यै अम्नोनलाई मारिदिनु। दण्ड पाउने डर नलिनू। मैले आदेश दिएकोले तिमीलाई कुनै सजायय हुनेछैन। अब बलिया र सहासी बन।”
त्यसपछि अब्शालोमले नोकरहरूलाई अह्राए, “हेर, मेरो खेतकै छेउमा योआबको जौंको बाली पाकिरहेको छ। गएर त्यसमा आगो लगादेऊ।”यसरी अब्शालोमका नोकरहरू गएर आगो लगाइदिए।
यसैले हामीले अब्शालोमको शासन छान्यौ। तर अहिले अब्शालोम मरे। उ युद्धमा मारिए। यसर्थ हामीले दाऊदलाइ फेरि राजा बनाउनु पर्छ।”
तर नातानले यस विषयमा सुने अनि सुलेमानकी आमा बतशेबा कहाँ गए। नातानले उनलाई सोधे, “हग्गीतका छोरा अदोनियाह के गरिरहेको छ, के तपाईंले सुन्नु भएको छ? ऊ आफूलाई राजा ठान्दैछ अनि हाम्रा मालिक राजा दाऊद यस विषयमा केही जान्दैनन्।
त्यस ठाउँमा पूजाहारी सादोक अनि अगमवक्ता नातानले उसलाई इस्राएलको नयाँ राजाको रूपमा अभिषेक गर्नेछन्। तुरही बजाऊ अनि घोषणा गर, ‘यिनी नयाँ राजा, सुलेमान हुन्!’
तब प्रत्येक अधिकारीले हतार-हतार आफ्नो बाहिरी पोशाक खोले अनि येहू अघि सांडीमाथि राखे। त्यसपछि तिनीहरूले तुरही फूके अनि घोषणा गरे, “येहू राजा हुन्।”
इस्राएलका सबै बूढा-प्रधानहरू हेब्रोन शहरमा दाऊद कहाँ आए। दाऊदले हेब्रोनमा परमप्रभु समक्ष ती बूढा-प्रधानहरूसित एक करार गरे अनि ती बूढा-प्रधानहरूले दाऊदलाई अभिषेक गरे। तिनीहरूले तिनलाई इस्राएलका राजा बनाए। परमप्रभुले यसो हुन्छ भनी वचन दिनु भएको थियो। परमप्रभुले त्यो वचन दिनुका निम्ति शमूएलाई प्रयोग गर्नु भएको थियो।
यी संख्याहरू ती मानिसहरूका हुन जो हेब्रोन शहरमा दाऊद कहाँ आए। यी मानिसहरू युद्धका निम्ति तयार थिए। तिनीहरू शाऊलको राज्याधिकार दाऊदलाई दिन आए। यो त्यही कुरा थियो जो हुने छ भनी परमप्रभुले भन्नु भएको थियो। यो तिनीहरूको संख्या होः
ती सबै मानिसहरू साहसी लडाकुहरू थिए। तिनीहरू दाऊदलाई राजा तुल्याउन दृढ संकल्प गरेर हेब्रोनमा आएका थिए। समस्त इस्राएलका राजा बनाउन पूर्ण सहमत भएर हेब्रोन शहरमा इस्राएलका अन्य सबै मानिसहरू पनि दाऊद राजा हुनु पर्छ, भन्ने कुरामा सहमत थिए।
आदमलाई पृथ्वीमा राखेको बेलादेखि नै त्यो सत्य थियो त्यो मानिस जसले परमेश्वरको बारेमा याद गर्दैन भने उसको खुशी छोटो अवधीको लागि मात्र हुन्छ।
परमेश्वर, साँच्चि नै तपाईंले ती मानिसहरूलाई भयानक अवस्थामा राख्नु भएको रहेछ। सहजै तिनीहरू पतन हुने र नष्ट हुने रहेछन्।