Home Bibles 2 शमूएल 13:24 · नेपाली बाइबल
2 शमूएल 13:24 · नेपाली बाइबल

अब्शालोमले राजालाई भने, “मैले भेडाको ऊन कात्न केही मानिसहरू बोलाएको छु। दया गरी राजा अनि उसका अधिकारीहरू पनि आइदिनु होस्।”

Cross references

2 शमूएल 11:8

तब दाऊदले उरियाहलाई भने, “आराम गर र आनन्दित हौ।”उरियाहले राजभवन छोडे। राजाले उसलाई उपहारहरू पनि दिए।

भजनसंग्रह 12:2

मानिसहरूले आफ्ना छिमेकीहरूलाई असत्य कुराहरू भन्छन्। प्रत्येक मानिसले आफ्ना छिमेकीहरूलाई झूट बोलेर चिप्लो घस्छन्।

भजनसंग्रह 55:21

मेरा शत्रुहरू वास्तवमा चिप्लो धस्नेहरू हुन्, तिनीहरू शान्तिका कुराहरू गर्छन्, वास्तवमा तिनीहरू युद्धको तयारी गरिरहेका हुन्छन्। तिनीहरूका शब्दहरू तेल जस्त चिप्लो हुँदछ, तर तिनीहरूले छुरीले झैं काट्ने गर्छन्।

यर्मिया 41:6

इश्माएलले मिस्पा छाडे अनि ती 80 जना मानिसहरू भेट्न गए। तिनी ती 80 जना मानिसहरूसँग भेट्न जाँदा रोए। तिनले ती 80 जना मानिसहरूलाई भेटे अनि अहीकामका छोरो गदल्याहलाई भेट्न मसित जाऊँ भने।

Interlinear

Choose Theme