Home Bibles 2 शमूएल 13:20 · नेपाली बाइबल
2 शमूएल 13:20 · नेपाली बाइबल

तब, तामारका दाजू अब्शालोमले तिनलाई भने, “के तेरो ठूलो दाजु अम्नोन तँसित थिए? उसले तँलाईं चोट पुर्यायो? अब, शान्त हो बहिनी। अम्नोन तेरै दाज्यू हो। अब यी कुरा तेरो हृदयमा नली।” त्यसपछि तामार चुप लागिन्। तिनी अपमानित स्त्री भई अब्शालोमको घरमा बसिन्।

Cross references

उत्पत्ति 34:2

त्यस देशका राजा हामोरका छोरा शकेमले दीनालाई देख्यो। उसले उनलाई पक्रेर उनीसित बलात्कार गर्यो।

उत्पत्ति 46:15

रूबेन, शिमोन, लेवी, यहूदा, इस्साकार अनि जबूलून याकूबकी पत्नी लेआबाट जन्मेका छोराहरू थिए। लेआले यी छोराहरू पद्यानआराममा जन्माएकी थिइन्। तिनकी एउटी दीना नाउँ भएकी छोरी पनि थिइन्। यस परिवारमा तेत्तीस जना मानिसहरू थिए।

हितोपदेश 26:24

द्वेषपूर्ण मानिसले उसका मिठा कुराहरूले आफ्नो दोषलाई ढाक्छ तर उसले दोषलाई आफ्नो हृदयमा पालेको हुन्छ।

रोमी 12:19

हे मेरा मित्रहरू, तिमीहरूलाई नराम्रो गर्नेलाई दण्ड दिने कोशिश नगर। परमेश्वरलाई पर्ख, उहाँले क्रोधको बेलामा तिनीहरूलाई दण्ड दिनुहुनेछ। लेखिएको छः “दण्ड दिने काम मेरो हो, म साटो फेर्ने छु।”परमप्रभु भन्नुहुन्छ।

Interlinear

Choose Theme